मन्त्रीले आफ्नै फेसबुक पोस्टमा कमेन्टमार्फत आफ्नै प्रशंसा गरेपछि हाँसोको पात्र बने



सामाजिक संजाल फेसबुक राजनीतिज्ञहरुको लागि जनताको समस्या बुझ्ने भरपर्दो माध्यम बनेको छ।

कुनै विषयमा आफ्नो धारणा स्टाटस मार्फत व्यक्त गरेपछि लाइक्स कमेन्टमार्फत राजनीतिज्ञले सामान्य मानिसका धारणा र विचारलाई बुझ्न सक्छन्। जसले नयाँ एजेन्डा र विचार उनीहरुमा सिर्जना गर्न मदत गर्दछ।

तर त्यही फेसबुक कहिलेकाँही राजनीतिज्ञको लागि टाउको दुखाइको माध्यम बन्नसक्छ जब फेसबुकमा गाली र अपशब्द प्रयोग हुन्छन्।

योभन्दा फरक र रोचक घटना अस्ट्रेलियामा घटेको छ। एक मन्त्रीले आफ्नै फेसबुक पोस्टमा आफैंले कमेन्ट गरेर आफ्नै प्रशंसा गरेपछि यतिबेला उनी हाँसोको पात्र बनेका हुन्।

एन्गस टेलर लिबिरल पार्टीका सांसद तथा उर्जा मन्त्री हुन्। उनले फेसबुकमा एक भिडियो पोस्ट गरेर साउथ वेल्सको रेल स्टेसनमा एक हजार सवारी साधन अटाउने पार्किङस्थल निर्माण हुनुपर्ने बताएका थिए।

सबैले यस विषयलाई प्रशंसा गरिरहेका थिए। तर परिदृश्य त्यतिबेला बद्लियो जतिबेला एंगसको आफ्नै फेसबुक अकाउन्टबाट आफ्नै प्रशंसाको कमेन्ट आयो।

Image result for Angus Taylor,

एंगस

कमेन्टमा भनिएको थियो,‘शानदार, राम्रो कदम। ठिक गयौं एंगस।’ यसै महिनाको १८ तारिखमा अस्ट्रेलियामा संघीय निर्वाचन हुँदैछ। निर्वाचन अभियानकै सिलसिलामा एंगसले भिडियो पोस्ट गरेका थिए।

उनको भेरिफाइड अकाउन्टबाट कमेन्ट आएपछि मानिसहरुले एंगसको आलोचना गरे। केहीले मपाई बन्न खोजेको बताए। धेरैले यस विषयलाई हाँसोमा उडाए।

नेताहरुले आफ्नो प्रचारको लागि सहयोगीमार्फत धेरै फेबसुक अकाउन्ट बनाउने र त्यसैमार्फत लाइक र कमेन्ट गर्ने गरेका कारण यस्तो भएको अनुमान गरिएको छ।

यसको अर्थ नेताहरु आफ्नो प्रचार भिडियो तथा विचारमा ती अकाउन्टबाट आफैं कमेन्ट गर्ने गर्छन्।

सामाजिक संजालमा यस्ता त्रुटि भइरहन्छन्। सन् २०१७ मा अमेरिकी सिनेटर टेड क्रुजले ट्विटरको पोर्न सामाग्रीमा लाइक गरेपछि उनको चर्को आलोचना भएको थियो।

उनले आफना सहयोगीले अकाउन्ट चलाउने भएकाले यसमा आफ्नो दोष नभएको बताएका थिए। एजेन्सी

 

प्रकाशित २१ बैशाख २०७६, शनिबार | 2019-05-04 18:46:12
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।