बोइङ ७३७ का यात्री जसले लिथुनियादेखि इटालीसम्म एक्लै यात्रा गरे



स्ट्रिमाटिस
स्ट्रिमाटिस

जब स्किरमान्तस स्ट्रिमाटिसले उत्तर इटालीकालागि टिकट काटे, उनले कहिल्यै सोचेका थिएनन् उनी ठूलो विमानका एक्ला यात्रु हुनेछन्।

स्ट्रिमाटिसले लिथुनियाको भिल्नियसबाट इटालीको बर्गामोका लागि टिकट काटेका थिए। उनी त्यहाँ स्किका लागि जान लागेका थिए।

गत मार्च १६ तारिखमा उनको फ्लाइट थियो। भिल्नियस अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा सुरुमा उनलाई आफू ढिला पुगेको, विमान उडिसकेको आभास भयो। तर जब विमानले आफूलाई कुरिरहेको सूचना उनले प्राप्त गरे। उनी सरासर विमानतर्फ अगाडि बढे।

जब उनी बोइङ ७३७ विमानमा चढे उनी आश्चर्यमा परे। १ सय ८९ यात्रु क्षमता भएको बोइङका उनी एक्ला यात्रु थिए।

उनीसँग २ पाइलट र ५ चालकदलका सदस्य बाहेक अन्य यात्रु थिएनन्।

उनी भन्छन्,‘जब विमानभित्र पसे। त्यहाँ कोही थिएनन्। अचम्ममा परे। तर जब एयर होस्टेसले तपाइँ विमानको एक्लो यात्री भने त्यसबेला पुरा विमान नै आफ्नो भएको महशुस भयो।’

इथोपियन एयरलाइन्सको बोइङ म्याक्स ७३७ विमान मार्च १० तारिखमा दुर्घटनामा परेपछि विश्वभर बोइङका ७३७ विमान ग्राउन्डेड भइसकेका थिए।

गतवर्ष पनि लायन एयरलाइन्सको बोइङको ७३७ विमान जाभा समुद्रमा दुर्घटना भएको थियो।

लिथुनियाबाट उक्त बोइङ इटाली खाली जाने तरखरमा थियो। तर एक यात्रुले टिकट काटेपछि उनको लागि भएपनि विमानले सेवा दिएको जनाइएको छ।

‘अनौठो र अपत्यारिलो अनुभव बटुले।’ स्ट्रिमाटिस भन्छन्,‘विमानमा पस्दा एयर होस्टेसपनि अचम्मित देखिन्थे। सायद त्यो मेरोजस्तै उनीहरुको समेत नयाँ अनुभव थियो।’

‘मलाई एक्लैलाई सुरक्षाका सूचना दिइयो। मैले सेल्फी खिचे। अनुभव लेखे।’ उनले भने,‘विमानमा एक्लो यात्रु हुन पाउँदा मख्ख थिए। दिनभर मुस्कुराए।’

दुई घन्टापछि विमान सेरियो अन्तर्राष्ट्रिय विमानस्थल बर्गामोमा अवतरण गरेको थियो। स्ट्रिमाटिसका अनुसार विमान भित्र पाइलटले उनलाई ‘मिस्टर प्यासेन्जर’ अर्थात् व्यक्तिगत रुपमा सम्बोधन गरेका थिए।

विमानबाट झर्ने बेलामा उनलाई सोधिएको थियो,‘यात्रा कस्तो भयो?’ उनले जवाफमा भनेका थिए,‘मलाई थाहा छ तपाइहरुलाई यसपटक विमान उडाउन सजिलो भयो।’

सन् २०१७ मा कारोन ग्रिभ स्कटल्यान्डका नागरिक समेत जेट २ एयरलाइन्स फ्लाइटका एक्ला यात्रु थिए। उनले भनेका थिए,‘मैले आफैलाई भिआइपी सम्झिए।’ सिएनएन

Image result for ethiopian airlines boeing

Image result for boeing indonesia

प्रकाशित २१ चैत २०७५, बिहिबार | 2019-04-04 13:55:51
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।