अत्यधिक चिनी भएको पेय पदार्थले बढाउँछ क्यान्सरको जोखिम


Kshamadevi Group


नयाँ अध्ययन अनुसार, चिनीको अधिक मिश्रण भएको पेय पदार्थको सेवनले शरीरमा ट्युमरको विकास गराई क्यान्सर हुने सम्भावनामा वृद्धि गराउँछ।

न्युयोर्कमा रहेको वेल कर्नेल मेडिसिनका वैज्ञानिकहरूले फ्रुकटोजको मात्रा अधिक भएको मकैको सिरप मिश्रित बिस्कुट, आईसक्रिम र शक्तिवर्धक पेय पदार्थको धेरै मात्रा सेवन गरेको मुसामा आन्द्राको ट्युमर छिटो बढेको पाएका छन्।

मुसाले सेवन गरेको चिनी मिसिएको खाद्यान्नको मात्रा मानिसहरूले एक दिनमा २८.३ ग्राम चिनी मिसिएको पेय पिए बराबर हुन्छ।

वेल कर्नेल मेडिसिनका एक अध्ययनकर्ता डा. लिविस क्यान्टलेका अनुसार, ‘जनावरमा गरिएको यस अध्ययनले गएको ३० वर्षमा २५ देखि ५० वर्षका मानिसहरूमा कोलोरेक्टल क्यान्सरमा भएको वृद्धि गुलियो पेय पदार्थ र चिनीको मात्रा अधिक भएको खानाको सेवनमा वृद्धि हुनाले नै भएको हो भन्ने कुरा पुष्टि गर्छ।

चिनिको अधिक मात्राले क्यान्सरमा वृद्धि गराउने यो अध्ययनसँगै नयाँ उपचारको खोजीमा पनि थप सहयोग पुग्ने डा. क्यान्टलेले बताए।

तथापि केही विज्ञहरूले यस पद्धती मुसामा अपनाउँदा क्यान्सर हुने देखाएपनि यो मानिसमा प्रयोग गर्न नहुने तर्क राखेका छन्।

अध्ययनमा सामेल नभएका युनिभर्सिटि अफ सिड्नीका माइकल स्किलटनले द टाइम्सलाई यो नयाँ खोजले आफु निकै प्रभावित भएको तर नयाँ खोज मानिसमा सजिलै लागु नहुने बताएका छन्। उनले भने, ‘गुलियो पदार्थको सेवनले ट्युमर बढ्ने खतरामा सिधै असर गरेपनि, मानिसहरूले क्यान्सर हुने सम्भावनालाई ध्यानमा राखी गुलियो पदार्थको सेवनलाई सिमित गर्छन्।’

अध्ययनका प्रमुख डा.मार्कस डि गोनकालभेसले भने, ‘फ्रुकटोजको मात्रा अधिक भएको मकैको सिरपले नयाँ ट्युमरमा वृद्धि गराउँछ भनेर हामीले पुष्टि गर्न सकेनौ। किनकी चिनी थप नगरिएको साधारण आहार दिँदा पनि मुसामा ट्युमरको विकास भयो। तर चिनी थप गर्दा ट्युमर बढ्ने क्रममा भने झन् वृद्धि भयो।’
(डेलीमेल)

प्रकाशित ८ चैत २०७५, शुक्रबार | 2019-03-22 20:50:30
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...