आवश्यक भन्दा बढी निन्द्रा खतराको घण्टि!



संसारभरमा करिब एकतिहाइ जनसङ्ख्या अनिन्द्राको समस्याबाट ग्रसित छन्। तर कोही यस्ता मानिस पनि छन् जसलाई जुनबेला पनि निन्द्रा लागिरहन्छ र कुनै काममा पनि खासै रुचि हुँदैन।

तपाईँमा पनि यस्तो समस्या छ भने, यो हाइपरसोम्नियाको संकेत हुन सक्छ।

निन्द्रामा हुने अनियमिततालाई हाइपरसोम्निया भनिन्छ। जसमा राती खुब राम्रोसँग निदाइए पनि बिहान उठ्न खुब समस्या हुन्छ। यो रोगबाट पिडितहरुलाई दिनभर पनि निद्रा लागिरहन्छ, चाहे कुनै काम गर्दा होस वा गफ नै गर्दा होस्। दिक्क त त्यति बेला हुन्छ, जब दिनमा एकदुई पटक झपक्क निदाएर उठ्दा समेत ताजा महशुस हुँदैन। यस्तो हुनु हाम्रो जीवनको घातक अवस्था भने होइन तर पनि यसले व्यक्तिको गुणलाई प्रभावित गर्छ र अन्य धेरै रोगको खतरा पनि बढाउन सक्छ।

दुई तरिकाको निद्रा अनियमितता (हाइपरसोम्निया)

प्राईमरी हाइपरसोम्नियाः यो सुत्ने र उठ्ने प्रक्रियालाई नियन्त्रण गर्ने मष्तिष्कको प्रणालीमा खराबी आयो भने हुन्छ।

सेकेन्डरी हाइपरसोम्नियाः गहिरो निद्रा नआउने र थकान महशुस हुने स्थितिको कारण उत्पन्न हुने अवस्था हो। जस्तै, निदाएको बेलामा सास फेर्न गाह्रो हुने र पटक पटक निन्द्रा खुल्ने रोग स्लिप एप्नियाको कारण पनि हाइपरसोम्निया हुन्छ। कतिपय औषधि, क्याफिन र मद्यपानको धेरै मात्रामा सेवन पनि हाइपरसोम्नियाका कारण बन्न सक्छ। थाइराइड वा मृगौलामा भएको समस्याले गर्दा पनि यस्तो हुनसक्छ।

लक्षणः
हाइपरसोम्नियाको मुख्य लक्षण बारम्बार थकाइको महशुस भैरहनु हो। शरीरलाई पुग्ने मात्रामा निदाउँदा समेत बिहान उठ्नमा समस्या हुनु अर्को लक्षण हो। साथै, शरीरमा उर्जाको कमी, आवेग वा उत्तेजना, चिन्ता, भोक नलाग्ने, सोच्न र बोल्नमा समेत समस्या उत्पन्न हुनु, असजिलोपन, कुनै पनि कुरा राम्रोसँग याद नहुनु जस्ता लक्षणहरु देखिन्छन्।

कारणः

दिनमा अनिदोपन महशुस हुनु र राती निदाएको बेलामा सास रोकिनु (स्लीप डिसअर्डर नेक्रोप्लास्टी र स्लीप एप्निया)

लगातार धेरै रातसम्ममा निद्रा पूरा नहुनु वा सिफ्ट परिवर्तन हुने कामहरू गर्नु

मोटोपन वा शारीरिक अभ्यासको कमी

नशायुक्त औषधि वा रक्सीको सेवन

क्याफिनको अधिक मात्रामा सेवन

टाउकोमा चोट लाग्नु वा कुनै नशारोगको समस्या हुनु

अन्य कुनै औषधीहरूको असर

वंशाणुगत कारण

धेरैजसो मानसिक वा शारीरिक समस्या जस्तै अवसाद, मृगौला रोग आदि।

उपचारः

जुनबेला पनि निद्रा लागिरहन्छ भने तुरुन्त चिकित्सकलाई देखाउनुहोस्। चिकित्सकले तपाईको सुत्ने उठ्ने समय र अवधि, खानपानको शैली, मानसिक अवस्था र स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनेछन्। साथै केही विशेष जाँचहरू, जस्तै रगतको जाँच, सिटि स्क्यान, निन्द्रा परीक्षण, ईईजि लगायतका जाँच पनि गर्नुपर्ने हुन्छ। यो बाहेक निदाएको बेलाको मुटुको धड्कन, सास र मस्तिष्कको गतिबिधिको अवस्थाको पनि अध्ययन हुनसक्छ। सम्पूर्ण जाँचपछि बिरामीको स्थिति अनुसार औषधी उपचार हुनेछ।

हाइपरसोम्नियाबाट हुनसक्ने खतराः

मधुमेह (डाइबिटिज): हाइपरसोम्नियाले डाइबिटिजको खतरा बढ्न सक्छ। ७ घण्टा मात्र सुत्ने मानिसको तुलनामा, ९ घण्टाभन्दा बढि सुत्ने मानिसहरूमा, मधुमेहको खतरा ५० प्रतिशतभन्दा बढि हुन्छ।

अवसाद (डिप्रेसन): अत्याधिक समय सुत्नाले डिप्रेसनको समस्या झन बढ्न सक्ने समस्या हुन्छ। दिनमा तन्द्रा र कुनै पनि काममा पूर्ण ध्यान केन्द्रित नहुनुले डिप्रेसनको समस्यामा वृद्धि हुन्छ।

मोटोपनः एक अध्ययन अनुसार ६ वर्षसम्म लगातार राती ७/८ घण्टा सुत्ने मानिसको तुलनामा, राती ९/१० घण्टा सुत्ने मानिसमा, २१ प्रतिशत मोटोपन बढ्ने खतरा हुन्छ।
यो बाहेक धेरै समयसम्म सुत्ने मानिसमा टाउको दुख्ने, कम्मर र ढाड दुख्ने समस्या बढ्छ। साथै कम उमेरमा नै मृत्यु हुनसक्ने खतरामा समेत वृद्धि हुन्छ।

उपायः

नियमित समयमा सुत्ने बानी बसालाैँ।

आठ घण्टाभन्दा बढि नसुतौँ।

नियमित व्यायाम गरौँ।

अल्कोहल र क्याफिनको सेवन कम गरौँ।

पौष्टिक आहार खाऔँ।

योग र ध्यान गरौँ।

ग्याजेटको प्रयोग कम गरौँ।

स्राेत:लाइभ हिन्दुस्तान

प्रकाशित २१ फागुन २०७५, मंगलबार | 2019-03-05 16:22:09
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...