Exclusive

चार सय वर्षसम्म बाँच्ने रुख चोरी भएपछि रुख मालिकको भावुक सन्देश



राम्रो हेरचाहा भए बोनसाइ रुखहरु सय वर्षभन्दा बढी बाँच्छन्।
राम्रो हेरचाहा भए बोनसाइ रुखहरु सय वर्षभन्दा बढी बाँच्छन्।

जापानमा बोन्साइ जातका ७ वटा रूख चोरी भएका छन्। ती मध्ये एउटा चार सय वर्षसम्म बाँच्नसक्ने प्रजातिको थियो।

राजधानी टोकियोस्थित साइटामामा सेइजी लिमुरा र उनका श्रीमती फुयुमीले बोन्साइ अर्थात् गमलामा हुर्काइने साना जातिका रुखहरु बिक्री गर्दै आएका थिए। गत २४ जनवरीमा उनीहरूका ७ रूख चोरी भए।

चार सय वर्षसम्म बाँच्नसक्ने एक बोन्साइ रुखसँगै ७ साना रुखहरु चोरी भएको बीबीसीले जनाएको छ।

ती रुखहरुको मूल्य १ लाख १८ हजार अमेरिकी डलर पर्ने थियो। चोरी भएका बोनसाइ रुखमध्ये ‘सिम्पाकु जुनिपर’को रुख सबैभन्दा महत्वपूर्ण रहेको जनाइएको छ।Related image

किनभने त्यस रुख चार सय वर्षसम्म बाँच्छ र त्यसको मूल्यपनि महँगो छ। एउटै रुखको ९१ हजार अमेरिकी डलर पर्ने उक्त रुखसहित अन्य रुखहरु चोरी भएपछि उनीहरुले चोरलाई भावुक सन्देश लेखेका छन्।

‘रुखहरु निकै महत्वपूर्ण थिए’ लिमुराले भनेका छन्,‘कस्तो महशुस भइरहेको छ, म व्यक्त गर्न सक्दिनँ।’

‘सिम्पाकु ४ सय वर्षसम्म बाँच्छ। यसलाई राम्रो हेरचाह चाहिन्छ। पानी बिना एक हप्तामै यो मर्छ।’ लिमुराले फेसबुकमा भनेका छन्,‘यो जीवनभर बाँच्छ, हामी मरेपछि पनि बाँच्छ। जसले यस रुखलाई चोरेको हो, कृपया राम्रोसँग पानी सिँचिदिनु होला।’

उनीहरुले चोरले त्यस रुखको मूल्य नबुझेको उनीहरुले बताएका छन्। आफूहरुले कहिल्यै उनीहरुलाई माफी नगर्ने उनीहरुले जनाएका छन्।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 15:03:40
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।