ब्रेन ट्युमर भएको अनुमान गरिएको कुकुरको घाँटीमा सियो भेटियो

ब्रेन ट्युमर भएको अनुमान गरिएको कुकुरको घाँटीमा ७ सेन्टिमिटरको सियो भेटिएको छ।

वेलायतको एडनबरामा अलेक्जेन्डर जेमिसनले पाल्दै आएको १३ वर्षको कुकुरले ब्रेन ट्युमर भएको जस्तो संकेत देखाएको थियो।

त्यसपछि अलेक्जेन्डर कुकुरको उपचारका लागि पशु अस्पताल पुगेका थिए। एक्स–रे गर्दा कुकुरको घाँटीमा ७ सेन्टिमिटरको सियो देखिएपछि सबै चकित बनेका थिए।

एडनबराका पशु चिकित्सकले उक्त सियो सकुशल निकालेपछि यतिबेला कुकुरको अवस्था समान्य रहेको जनाइएको छ। उक्त सियो कुकुरको दिमागसम्म झण्डै पुगेको जनाइएको छ।

Image result for needle  in the neck of dog

कुकुरले उक्त सियो खानेकुरा निल्नेक्रममा घाँटीमा अड्काएको अनुमान गरिएको छ। 

यस घटनापश्चात अधिकारीहरुले सियो तथा ब्लेडजस्ता घातक बस्तुहरु नफ्याक्न अनुरोध गरेका छन्।

बालबालिकाले समेत त्यस्ता वस्तु झक्किएर खानसक्ने चेतावनी दिइएको छ।

यस्ता वस्तुहरुलाई सुरक्षित तवरबाट विस्थापित गर्नुपर्ने सचेत गराइएको छ। एजेन्सी

Toby needle dog

प्रकाशित 2019-02-11 18:28:50