८४ तला खस्यो लिफ्ट, गर्भवती महिलासहित सबै बाँच्न सफल


Kshamadevi Group


अमेरिकी शहर सिकागोमा ८४ तलासम्म लिफ्ट खस्दा समेत त्यहाँ चढेका मानिसहरु बाँच्न सफल भएका छन्।

गर्भवती एक महिलासहित सबै छ जना लिफ्ट चढेका मानिसहरु बाँच्न सफल भएको बीबीसीले जनाएको छ। उनीहरुलाई सामान्य चोटमात्र लागेको जनाइएको छ।

शुक्रबार बिहान जोन ह्यानकक सेन्टरको ९५ औं तलामा पुगेको लिफ्ट खसेर ११ औं तलामा पुगेको  थियो।

लिफ्ट खस्दाखस्दै एमर्जेन्सी टोलीलाई खबर गरिएपछि लिफ्ट भुँइमा बजारिन नपुग्दा उनीहरुको ज्यान जोगिएको हो। उक्त भवन सय तलाको रहेको छ।

यस घटनामा आफ्नो ज्यान झण्डै गएको ५० वर्षिया जेमी मोन्टीमेयरले बताए। उनीसँगै उनका श्रीमती समेत सोहि लिफ्टमा थिए।

सुरुमा विस्तारै तल झरेको आभास हुँदाहुँदै लिफ्ट एक्कासी तिव्र गतिमा तल खसेको मोन्टीमेयरले बताए।

अधिकारीहरुले लिफ्टको डोरी सुख्खा भएका कारण उक्त दुर्घटना भएको बताएका छन्।

यस घटनाबारे अझै अनुसन्धान भइरहेको छ। ह्यानकक सेन्टर सिकाकोको चौथौं अग्लो गगनचुम्बी भवन हो। एजेन्सी

प्रकाशित ४ मंसिर २०७५, मंगलबार | 2018-11-20 17:50:53
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।