‘साहासी आमा’ जसले खतरनाक अवस्थाबाट ४ महिने शिशु बचाइन्


Kshamadevi Group


‘आमाले सन्तानको खुशीका लागि आफ्नो ज्यान तिलान्जली दिन सक्छिन्’ विश्वव्यापी रुपमा चर्चित यो कथन फेरी एक पटक चर्चा गर्न लाएक हुन्छ।

जब, अष्ट्रेलियाकी एक आमाले आफ्नो सन्तान बचाउन एउटा खतरनाक अवस्थालाई पार गर्छिन्। यसै हप्ता अष्ट्रेलियाको क्वीन्सल्याण्डमा एक २३ वर्षिया महिलाले आफ्नो ज्यान धरापमा राखेर आफ्नो ४ महिने शिशु जोगाएकी छन्।

यतिबेला उनको चर्चा विश्वभर भइरहेको छ। उनलाई ‘नायक र आश्चर्य महिला’को उपमा दिइएको छ।

२३ वर्षिया ती आमा थिइन् फियोना सिम्पसन। सिम्पसन आफ्नो शिशु (छोरी) र हजुरआमाको साथमा ‘कफि सप’बाट घर फर्किरहेका थिए। मौसम विग्रिएको थियो।

उनले विस्तारै कार चलाइरहेकी थिइन्। केहिबरेमै अवस्था निकै भयानक बन्यो। एका–एक घातक असिना पानी पर्न सुरु भयो। उनले आफ्नो शिशु पछाडी राखेकी थिइन्।

तर जब असिनाले कारका सिसानै फुटाउने अवस्था आयो। सिम्पसन पछाडीको सिटमा हतपत गइन् र आफ्नो शिशुलाई काखमा लिइन्। सोही खबत पछाडीको सिसा फुटाउँदै असिना लगातार बर्सन थाल्यो।

बेग्र गतिमा आएको असिनाले सिम्पसन्को शरीरको अवस्था बद्लियो उनी गम्भिर घाइते भइन्। तर शिशुलाई बचाउन उनले कुनै कसर बाँकी राखिनन्।

सिम्पसनले अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग कुरा गर्दै भनिन्, ‘अवस्था निकै भयानक भयो। मैले शिशुलाई बचाउन बाहेक केही सोच्नै सकिन। केही सेकेन्डमात्र ढिलो भएको भए बेग्लै परिणति निम्तने थियो।’

उनले असिना परेको अवस्थामा कहिल्यै कार नचलाउन समेत सबैमा आग्रह गरेकी छन्। एजेन्सी

  Fiona Simpson could be the toughest mother in Queensland. Caught in yesterday’s crazy storm at Kingaroy, she shielded her baby from pelting hail after it smashed her car windows. @7NewsBrisbane pic.twitter.com/dzwKfmKouh

प्रकाशित २८ असोज २०७५, आइतबार | 2018-10-14 15:14:52
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...