समलिंगी यौन कार्यमा संलग्न दुई महिलालाई कारबाही


Infocus



मलेसियामा समलिंगी यौन कार्यमा संलग्न दुई महिलालाई सार्वजनिक स्थलमा भाटे कारबाही गरिएको छ।

NIC ASIA

मलेसियाको मुस्लिम धार्मिक अदालतले उनीहरुलाई भाटे कारबाही गरेको हो। ३२ २२ वर्षका ती दुई महिला तेरेनगानु राज्यमा एक कारमा यौन क्रियाकलाप गरेको भेटिएपछि सारिया उच्च अदालत (धार्मिक अदालत)ले कारबाहीको फैसला गरेको हो।

करिब एक सय जना माझ दुवै जनालाई लौराले ६–६ पटक पिटेको जनाइएको छ। तेरेनगानुमा यस्तो घटना पहिलो पटक घटेको अधिकारीहरुको भनाइ छ।

मलेसियाको धार्मिक तथा धर्मनिरपेक्ष कानुन दुवैमा समलिंगी कार्यलाई वैध मानिएको छैन। तर मलेसियाली अधिकार समूह ‘उमन एड अर्गनाइजेसन’ले भाटे कारबाही मानवअधिकार विरोधी भएको बताएका छन्। उनीहरुले समलिंगी यौन कार्य वैधानिक हुनुपर्ने माग गरेका छन्।

प्रकाशित १८ भदौ २०७५, सोमबार | 2018-09-03 18:38:26
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...