पौडेरै प्रशान्त महासागर तर्दै लेकोंत


Infocus



लामो दूरीको पौडीमा नाम कमाएका एक फ्रान्सेली व्यक्तिले पौडेरै प्रशान्त महासागर तर्ने असम्भवजस्तो लाग्ने अभियान सुरु गरेका छन्। बेन लेकोंतले जापानबाट अमेरिका पुग्ने यो लामो अभियान सुरु गरेका हुन्।

NIC ASIA

५१ वर्षे लेकोंतले ६ महिनाभन्दा लामो समय दिनको ८ घण्टा पौडिने योजना बनाएका छन्। जापानदेखि अमेरिकासम्म उनले ९ हजार किलोमिटर पौडिनु पर्नेछ।

यो क्रममा सार्क, आँधी, जेलीफिस, अत्यन्त न्युन तापक्रमजस्ता चुनौतीको सामना उनले गर्नुपर्नेछ।

आफ्नो यो अभियानबाट जलवायु परिवर्तनप्रति चेतना जाग्ने विश्वास उनले लिएका छन्। यो क्रममा वैज्ञानिकहरुको एक समूहले प्रशान्त महासागरमा अनुसन्धान पनि जारी राख्नेछ।

यसका लागि शारीरिक र मानसिक रुपमा तयार हुन उनले दैनिक घण्टौँसम्म समुद्रमा पौडिने अभ्यास गर्दै आएका थिए।

‘शारीरिकभन्दा पनि मानसिक तयारी चाहिँ अझ महत्वपूर्ण हुन्छ,’ उनले भनेका छन्, ‘जब दिमागमा केही हुँदैन यो बेरिन थाल्छ र त्यहाँबाट समस्या सुरु हुन्छ।’

लेकोंतले सन् १९९८ मा ६ हजार ४ सय किमी लामो आन्ध्र महासागर पौडेर पार गरेका थिए। यसका लागि उनलाई ७३ दिन लागेको थियो। अमेरिकादेखि फ्रान्ससम्मको यो यात्रामा उनलाई एउटा १२ मिटर लामो डुंगाले साथ दिएको थियो, जसमा तीन व्यक्ति दिए। डुंगामा उनी आराम गर्थे र खाना खान्थे।

फ्रान्स पुगेलगत्तै उनले ‘आइन्दा कहिल्यै यस्तो गर्दिनँ’ भनेका थिए।

तर यसपटक उनले त्योभन्दा ठूलो चुनौती सामना गर्ने भएका छन्।

यो पौडी यात्राको दौरान शरीरलाई पर्याप्त उर्जा दिन उनले दैनिक ८ हजार क्यालोरी खाने योजना बनाएका छन्। एजेन्सी

प्रकाशित २२ जेठ २०७५, मंगलबार | 2018-06-05 12:52:12
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...