ब्राजिली टापुमा १२ वर्षपछि पहिलो पटक जन्मियो बच्चा


Infocus



फर्नान्डो डे नोरोन्हा टापु
फर्नान्डो डे नोरोन्हा टापु

ब्राजिलको एक सुदूर टापुमा १२ वर्षपछि पहिलो बच्चा जन्मेको छ। सो टापुमा बच्चा जन्माउन मनाही छ।

NIC ASIA

फर्नान्डो डे नोरोन्हा टापु नाटाल सहरदेखि ३७० किलोमिटर टाढा छ। त्यहाँ करिब ३ हजार मानिस बस्दछन्। सो टापुमा प्रसुति गृह नभएको हुँदा बच्चा जन्माउन प्रतिबन्ध लगाइएको छ।

गर्भवतीहरु बच्चा जन्माउने बेलामा मुख्यभूमि जाने गर्दछन्।

तर शनिबार एक २२ वर्षीया महिलाले अचानक छोरी जन्माइन्। नाम बताउन नचाहने सो महिलाले आफू गर्भवती भएकै थाहा नपाएको बताएकी छन्। अचानक छोरी जन्मिँदा आफू अकमक्क परेको उनले बताएकी छन्।

‘शुक्रबार राती मलाई पीडा भयो र म बाथरुम गएँ,’ उनले भनेकी छन्, ‘बच्चीको बाबु आएर उनलाई उठाएपछि म अकमक्क परेँ।’

बच्चालाई नजिकैको एक अस्पताल लगिएको छ।

स्थानीय अधिकारीहरुले बच्चा जन्मेको पुष्टि गरेका छन्। यसरी १२ वर्षमा पहिलो पटक सो टापुमा बच्चा जन्मेपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गर्दै सो परिवारलाई सहयोग गरेको बताइएको छ। एजेन्सी

प्रकाशित ७ जेठ २०७५, सोमबार | 2018-05-21 16:51:37
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...