गाईलाई किन लगाइयो ब्रा?



आफ्नो लैनु गाईको बाच्छाले एकापट्टिको थुन मात्रै चुस्दा अर्कोतर्फ दूध गानिने समस्याले हैरान भएका एक किसानले यो समस्याबाट बच्ने तरिका फेला पारेका छन्। स्कटल्याण्डका यी किसानले आफ्नी पत्नीको एउटा पुरानो ब्राको सहयोगमा यो समस्याबाट मुक्ति पाएका हुन्।

बाच्छाले अगाडिको थुन मात्रै चुस्ने गर्थ्यो। जसका कारण पछाडिको थुनमा दूध गानिएर सुन्निने र संक्रमण हुने गथ्र्यो। थुप्रै दिनसम्म बाच्छालाई पछाडिको थुन चुसाउन असफल कोसिस गरेका यी किसान अन्ततः नयाँ उपाय खोज्न बाध्य भए।

स्कटिस हाइल्याण्डको स्टर रोसका ग्राहम बर्नेटलाई उनकी पत्नीले यो उपाय सुझाएकी हुन्।

त्यसपछि उनले पुरानो ब्रा लिए र गाईलाई लगाइदिए अनि अगाडिको दुई ओटा थुन छोपिदिए।

बर्नेट परिवारको यो उपायबारे उनीहरुका मित्र डोनाल्ड रोसले ट्विटरमा जानकारी गराएका छन्। ‘किसान समुदायमा म नयाँ उपाय बाँड्न चाहन्छु,’ रोसले भनेका छन्, ‘यसको रमाइलो पक्ष पनि छ। स्कटल्याण्डमा हामीले निकै कठिन हिँउद काट्नुपर्दा पनि केही हदसम्म हँसीमजाकको भावनालाई जीवित राखेका छौँ।’

यो उपायबारे सामाजिक सञ्जालमा अनेकौँ टिप्पणी गरिएका छन्। एजेन्सी

प्रकाशित २९ बैशाख २०७५, शनिबार | 2018-05-12 13:39:03
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...