एक परिकारका कारण स्वीडेनमा विरक्ति, टर्कीमा खुसी




स्वीडिस मिटबल
स्वीडिस मिटबल

संस्कृति र राष्ट्रियताको पहिचान दिने एक पक्ष खाना पनि हो। पछिल्लो समय स्वीडेनको राष्ट्रिय पहिचानसँग जोडिएको एक खानाको कारण हंगामा मच्चिएको छ। धेरै स्वीडिसहरुले गर्व गर्ने स्वीडिस मिटबल अन्ततः टर्कीको परिकार भएको सो देशले स्वीकार गरेको छ।

NIC ASIA

फर्निचरसम्बन्धी बहुराष्ट्रिय कम्पनी आइकियाले स्वीडिस मिटबल बेच्ने गर्छ।

तर हालै स्वीडेनको आधिकारिक ट्विटर ह्याण्डलले भन्योः ‘स्वीडिस मिटबल खासमा १८ औँ शताब्दीको सुरुमा राजा चार्ल्स बाह्रौँले टर्कीबाट ल्याएको पाकविधिमा आधारित छ। तथ्य नबिर्सौँ!’

यो स्वीकारोक्तिसँगै स्वीडेनमा विरक्ति र टर्कीमा खुसी देखिएको छ।

विलियम जे नामक एक व्यक्तिले आफ्नो पूरै जीवन झुठो साबित भएको बताएका छन्।

खासमा सन् १६९७ मा १५ वर्षको उमेरा राजा बनेका चार्ल्स बाह्रौँ रुससँगको लडाइँमा हारेर ६ वर्ष हालको टर्कीमा शरण लिन पुगेका थिए। उनी १७१४ मा आफ्नो देश फर्केका थिए। त्यसैबेला उनले मिटबल भित्र्याएका थिए।

टर्कीमा प्रचलित कफी सेवन गर्ने प्रचलन पनि उसैबेला स्वीडेन भित्रिएको बताइन्छ।

टर्कीमा भने यो विषय समाचारका शीर्षक बनेका छन्। एजेन्सी

प्रकाशित २२ बैशाख २०७५, शनिबार | 2018-05-05 14:02:36
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।