आफ्नो लिंग भाँचिएपछि कमेडियनले त्यसैबारे लेखे पुस्तक




करिब तीन वर्षअघि न्युयोर्कका ३२ वर्षीय कमेडियन तथा फिल्म निर्माता रोज अस्दुरियनले आफ्नो एक पुरानो साथीलाई बारमा भेटे। अस्दुरियनले उनलाई म्यानहटनको इस्ट भिलेजस्थित आफ्नो अपार्टमेन्टमा लिएर गए। उनीहरुबीच यौन सम्बन्ध बन्यो।

NIC ASIA

‘हामी अन्तिमअन्तिमतिर पुग्दै थियौँ। मैले प्याट्ट आवाज सुनेँ,’ उनी भन्छन्।

त्यो आवाज सुनेपछि उनी झस्किए। ‘मेरो सबैभन्दा ठूलो डरमध्ये एक यथार्थ बनेको थियो,’ उनी भन्छन्, ‘तुरुन्तै केही न केही गडबड भयो भन्ने मलाई थाहा भइसकेको थियो। त्यसैले म आकस्मिक उपाय अपनाउनपट्टि लागेँ। एकदुई पटक मैले पीडामा गहिरो सास फेरेँ। उत्तानो पल्टिएँ, बत्ती बालेँ र एम्बुलेन्सलाई फोन गरेँ।’

अस्दुरियनको लिंग भाँचिएको थियो। तर चिकित्सकीय भाषामा भन्दा उनको कर्पस क्याभर्नोसा टुटेको थियो। ‘लिंगमा हड्डी हुँदैन, त्यसैले मानिसहरु लिंग भाँचिएको कुरा पत्याउँदैनन्। त्यसैले भाँचिनुभन्दा चुँडिनुचाहिँ उपयुक्त शब्द हुनसक्छ,’ टेम्पल युनिभर्सिटीका प्राध्यापक ज्याक मिड्लो भन्छन्।

माउन्ट सिनाइ हस्पिटल, न्युयोर्कका डा. राजवीर पुरोहितका अनुसार कर्पस क्याभर्नोसा भनेको लिंगसँगै टाँसिएको तन्तु हो। जब पुरुष उत्तेजित हुन्छ, कर्पस क्याभर्नोसा फैलिन्छ। ‘यो लिंगमा मात्र हुने अनौठो तन्तु हो,’ उनी भन्छन्। यो तन्तुमा अत्याधिक दबाब परे यो टुट्ने उनी बताउँछन्।

एम्बुलेन्स आएपछि अस्दुरियनलाई वेइल कर्नेल मेडिकल सेन्टर पुर्‍याइयो। जहाँ युरोलोजिस्टहरुको एक समूहले उनको परीक्षण गर्‍यो।

‘डा. वाङले सबैभन्दा पहिले मेरो सिस्टोस्कोपी गरे। त्यसपछि मलाई जगमा पिसाब फेर्न लगाइयो। त मैले पिसाब गर्न सकिनँ। पिसाब नै फेर्न नसक्ने हुनुको अर्थ यो निकै ठूलो खतराको कुरा थियो।’

क्यामराजडित नली लिंगबाट प्रवेश गराएर मुत्रमार्ग र पिसाबथैलीको परीक्षण गर्न सिस्टोस्कोपीको प्रयोग हुन्छ। सामान्यतः मुत्रनलीमा पत्थरी भए, पिसाबमा रगत देखिए, प्रोस्टेट वा मुत्रथैलीमा चोट लागे यसको प्रयोग गरिन्छ।

सिस्टोस्कोपीबाट पुष्टि भयो, अस्दुरियनको मुत्रमार्ग च्यातिएको रहेछ।

मिड्लोका अनुसार लिंग भाँचिनु भनेको अत्यन्त विरलै हुने घटना हो। तर यसको संवेदनशीलताका कारण मानिसहरुले सोचेभन्दा बढी यस्तो घटना हुने गर्दछ। आफूले महिनामा एक वा दुई यस्तो घटना देख्नेगरेको उनी बताउँछन्।

‘दुःखको कुरा के छ भने समान्यतयाः बिरामीहरु डाक्टरकहाँ जान लजाउँछन्,’ मिड्लो भन्छन्, ‘प्रायःजसो यस्ता मानिस युवा हुन्छन् र उनीहरुको अघिल्तिर पूरै जीवन बाँकी हुन्छ। उनीहरु चुपचाप यो किन सहन्छन्? यसमा लजाउने कुरा छैन। यस्तो हुन्छ।’

२००२ मा गरिएको एक अध्ययनमा सन् १९३५ यता १३०० यस्ता बिरामीको पहिचान गरिएको थियो। जसमध्ये आधाजसो मुस्लिम राष्ट्रका थिए। आफ्नो उत्तेजना लुकाउन अपनाउने खतरनाक उपायका कारण मुस्लिम राष्ट्रमा धेरैको लिंग भाँचिने गरेको बताइन्छ। ‘खासगरी मध्यपूर्वमा मानिसहरु आफ्नो उत्तेजना दबाउन चाहन्छन् किनभने यसप्रति उनीहरु लजाउँछन्,’ पुरोहित भन्छन्।

पुरोहितका अनुसार अस्दुरियन अस्पताल पुगेको भोलिपल्ट तीन घन्टा लामो शल्यक्रिया गरेर उनको चोट ठीक गरियो। ‘मैले उनको युरेथ्रोप्लास्टी गरिदिएँ,’ उनी भन्छन्।

चार साताको स्वास्थ्यलाभपछि अस्दुरियन आफैँ पिसाब फेर्न सक्ने भए। केही महिनापछि उनी यौनकर्मका लागि योग्य भए।

‘रोसको उत्तेजना कायम रह्यो। उनको पिसाबको धारा पनि पूर्णतः सामान्य छ। त्यसैले यसको खास नकारात्मक परिणाम देखापरेन,’ पुरोहित भन्छन्।

आफ्नो यही अनुभवलाई समेटेर अस्दुरियनले एक पुस्तक लेखेका छन्, जसको शीर्षक छ, ‘ब्रोकेन बनाना।’

‘मलाई आशा छ, यो पुस्तकले मानिसहरुलाई हँसाउनेछ,’ उनी भन्छन्, ‘मलाई लाग्छ, हरेक व्यक्तिसँग सुनाउने कथा हुन्छ। र मेरो कथा चाहिँ यस्तो हुन गयो।’ सिएनएन

प्रकाशित ६ बैशाख २०७५, बिहिबार | 2018-04-19 16:14:39
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...