महाभारतकालमै भारतमा इन्टरनेट आविष्कार भएको दाबी मुख्यमन्त्रीले गरेपछि..




भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीका नेताहरु विचित्रका दाबी गरिरहन्छन्। यसै क्रममा त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले प्राचीन भारतमै इन्टरनेटको आविष्कार भइसकेको दाबी गरेका छन्।

उनले इन्टरनेट महाभारत कालमै अस्तित्वमा रहेकाले भारतका लागि यो नौलो कुरा नभएको दाबी गरेका हुन्।

महाभारतमा कुरुक्षेत्रको लडाइँको हालचाल निरन्तर अन्धा राजा धृतराष्ट्रलाई सञ्जयले उपलब्ध गराउने गरेको गर्दथे। अगरतलामा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री देवले सञ्जय युद्धभूमिको नजिक नभए पनि उनले युद्धको अपडेट धृतराष्ट्रलाई प्रविधिको सहयोगमा गराएको दाबी गरे। ‘प्रविधि र स्याटेलाइट सञ्चारबाट मात्र यस्तो कार्य सम्भव हुन्छ,’ उनले भने।

मुख्यमन्त्री विप्लव देव

मुख्यमन्त्री विप्लव देव

२५ वर्ष लामो वामपन्थी पार्टीले शासन गरेको त्रिपुरामा भाजपाले चुनाव जितेपछि देव मुख्यमन्त्री बनेको एक महिना मात्रै पुग्दैछ।

यसअघि गुजरातका मुख्यमन्त्री विजय रुपाणीले भारतको इसरो क्षेप्यास्त्रहरुलाई रामको तीरसँग तुलना गरेका थिए भने केन्द्रीय विज्ञानमन्त्री सत्यपाल सिंहले चार्ल्स डार्बिनको विकासवादको सिद्धान्त गलत भएको दाबी गरेका थिए।

मुख्यमन्त्री विप्लव देवको टिप्पणीपछि इन्टरनेटमा उनको उछितो काडिएको छ। ट्विटरमा उनी ट्रेन्ड समेत भए।

प्रकाशित ५ बैशाख २०७५, बुधबार | 2018-04-18 13:09:10



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • बामदेव गौतम

    बामदेव गौतमसँग अन्तर्वार्ताः ओली वाम विमानको मास्टर पाइलट, प्रचण्ड पाइलट, हामी को-पाइलट

    केपीसँग त मेरो ‘दोस्ताना’ हो, त्यस्तो ‘दोस्ताना’ माधबसँग कहिलेपनि भएन। सँगै रक्सी खानेदेखि लिएर रुनेसम्म हामीले गर्‍यौं। मलाई कार्वाहीको माग...

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालन, दैनिक कार्य प्रगतिको इमेल मन्त्रीलाई (भिडियाे)

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घन्टा सञ्चालनमा आएको छ।

  • बजेटको आन्तरिक स्रोत बलियो बनाउने सरकारको नीति

    सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक उत्पादनमा बलियो बनाउने योजना घोषणा गरेको छ।

  • प्रेरणा र उनका बुबा पुरुषाेत्तम

    आँशु झार्दै बुबाको प्रश्नः के मेरी छोरीले 'सेलेक्सन' खेल्न पाउने अधिकार छैन्? (भिडियो)

    ‘प्रेरणा कोइराला बनाउन हामीले चारवर्ष निरन्तर मेहनत गरेका छौ। पानी, वर्षा केही भनेनाैं, हामी रातदिन लागि रा’छौं, तर संघ (नेपाल लन टेनिस संघ) जसले...