आमाबाबुको मृत्युको चार वर्षपछि जन्मियो बच्चा




चीनमा कार दुर्घटनामा परेर आमाबाबुको मृत्यु भएको चार वर्षपछि उनीहरुको बच्चाको जन्म भएको छ। सन् २०१३ मा सो दम्पत्तीको मृत्यु भएको थियो। तर उनीहरुले त्यसअघि नै अनेकौँ भ्रूण चिस्याएर राखेका थिए।

NIC ASIA

गत डिसेम्बरमा सोही भ्रूणबाट लाओसकी एक सरोगेट आमाले सो बच्चालाई जन्म दिइन्। दुर्घटनाको समयमा नानजिङको अस्पतालमा बच्चाको आमाबाबुले –१९६ डिग्री सेल्सियसमा सो भ्रूणलाई जमाएर राखेका थिए।

यद्यपि सो बच्चाका हजुरबा–हजुरआमाले बच्चालाई जन्म दिन चाहिँ निकै मेहनत गर्नुपर्‍यो। सबैभन्दा पहिले उनीहरुले कानुनी लडाइँ लड्नुपर्‍यो। यसअघिसम्म त्यस्तो नजिर नभएकोले उनीहरुले भ्रूणबाट बच्चा जन्माउन मुस्किल परेको थियो।

कानुनी बहसपछि अदालतले सो भ्रूणबाट बच्चा जन्माउन पाउने अधिकार चारै हजुरबाहजुरआमालाई दियो।

तर चीनमा सरोगेसी अवैधानिक छ। त्यसो हुँदा एक सरोगेसी एजेन्सीले लाओसमा आमाको व्यवस्था गर्‍यो। भ्रूण लाओस पुर्‍याउनु पनि सानो चुनौतीको काम थिए। किनभने थर्मसजत्रो तरल नाइट्रोजनको बोतल बोक्न कुनै एयरलाइन्स तयार थिएन।

अन्ततः सो बहुमूल्य कार्गोलाई कारबाट लाओस पुर्‍याइयो, जहाँ आमाको गर्भाशयमा सो भ्रूण प्रत्यारोपण गरियो। तर नागरिकता प्राप्तिमा समस्या नआओस् भनेर बच्चा लाओसमा होइन, चीनमा जन्मिनुपर्ने थियो। त्यसैले सरोगेट आमा पर्यटक भिसामा चीन पुगे रडिसेम्बर २०१७ मा बच्चा जन्माइन्।

बच्चा जन्मिएपछि पनि समस्याको ताँतीले छोडेन। उसको अभिभावकत्व प्रमाणित गर्ने व्यक्ति जीवित नरहेकोले बच्चा उनीहरुकै हो भन्ने पुष्टि गर्नका लागि चारै जना हजुरबाहजुरआमाले डिएनए परीक्षण गराउनुपर्‍यो।

बच्चाको नाम तियानतियान राखिएको छ। एजेन्सी

प्रकाशित २९ चैत २०७४, बिहिबार | 2018-04-12 12:46:35
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • काेशी ब्यारेज

    काेशी ब्यारेजलार्इ काेबाट खतरा: अातंककारी समूह कि स्वयं भारत?

    सन् २०१६ को जुलाई महिनामा एउटा खबर भारतीय मिडियामा आयो। त्यसको सारांश थियो, ‘कोशी ब्यारेज बमले उडाउने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसको धम्की।’

  • नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुनेछ सजाय

    नेपालमा पहिलोपटक म्याच फिक्सिङ(खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

  • नख्खु कारागार

    थुनामुक्त भएकाे डेढ वर्षसम्म पनि कारागारमै गौबहादुर

    उनी हरेक दिन आफूलाई लिन आउने परिवारका सदस्यको बाटो रुघेर बस्छन्। ब्लकका अन्य कैदीबन्दीलाई उनी ‘आजै आफू घर जाने’ भनेर सुनाउँछन्। तर, उनलाई लिन कोही...

  • बिदुर कार्की

    अध्यक्ष हुँदा पञ्चायती गर्थें, मेयर भएपछि अर्बको बजेटमा काम गर्दैछुः बिदुर कार्की (अन्तर्वार्ता)

    बर्दिबास नगरपालिकामा नागरिकलाई नै आफ्नो सम्पत्तीको मूल्य र त्यसको कर घोषणा गर्ने जिम्मा छाडेका छौं। त्यसैले कर बढी भयो भन्ने गुनासो आएको छैन।