टिभीका दुई समाचारवाचक आपसमै भिडेपछि..(भिडियो)




पाकिस्तानको एक टेलिभिजन च्यानलका दुई समाचार प्रस्तोता छोटो ब्रेकका बेला आपसमै बाझिरहेको भिडियो भाइरल बनिरहेको छ। फेब्रअरी २४ का दिन सो घटना भएको हो।

NIC ASIA

लाहौरस्थित सिटी ४२ च्यानलका दुई समाचारवाचक उर्दु भाषामा बाझिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको हो।

‘यिनको साथमा म कसरी बुलेटिन पढौँ, यी त मसँग कुरै नगर भनिरहेकी छन्,’ पुरुष समाचारवाचक भनिरहेका छन्।

उनको कुरा सुनेपछि महिला प्रस्तोताले आफूले बोल्ने शैलीको कुरा गरेको बताउँछिन्। तर पुरुष प्रस्तोता महिला प्रस्तोतालाई आफ्नो व्यक्तिगत मामिलालाई त्यहाँ नल्याउन सल्लाह दिन्छन्, जसको प्रतिउत्तरमा असल व्यवहार गर्न महिला प्रस्तोता सुझाउँछन्।

यहीँनेर पुरुष प्रस्तोता धैर्य गुमाउँछन् र सोध्छन्ः ‘मैले के दुर्व्यवहार गरेँ?’

‘मूर्ख!’ महिला प्रस्तोता भन्छिन्।

अन्ततः पुरुष प्रस्तोता उत्पादन टोलीतर्फ फर्केर भन्छन्, ‘यसलाई आफ्नो मुख सम्हाल्न भन। के यो सबै रेकर्ड भइरहेको छ? यसको नखरा नै सकिने छाँट छैन!’

यो भिडियो भाइरल भएपछि कैयौँले यसको मजाक उडाएका छन्। एक जना ट्विटर प्रयोगकर्ताले वास्तवमा सबै समाचार यसैगरी प्रस्तुत गरिए रोचक हुने विचार व्यक्त गरेका छन् भने कतिपयले यसलाई ‘बिग बोस’ टेलिभिजन कार्यक्रमसँग तुलना गरेका छन्। एजेन्सी

प्रकाशित १९ फागुन २०७४, शनिबार | 2018-03-03 13:16:20
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...