बेपत्ता भएको एक शताब्दीपछि भेटियो अष्ट्रेलियाको पहिलो पण्डुब्बी



पहिलो विश्वयुद्धको क्रममा बेपत्ता पहिलो अष्ट्रेलियाको पहिलो पण्डुब्बी जहाज १०३ वर्षपछि अहिले फेला परेको छ। शताब्दी लामो खोजपछि पहिलो विश्वयुद्धको ठूलो र अष्ट्रेलियाकै सबैभन्दा ठूलो रहस्य मानिएको यो खोजी टुंगिएको हो।

१४ सेप्टेम्बर १९१४ का दिन एचएमएस एइ१ नामक अष्ट्रेलियाको पहिलो पन्डुब्बी जहाज पपुवा न्युगिनीको राबाउलबाट बेपत्ता भएको थियो।

पण्डुब्बीसँगै त्यसमा रहेका अष्ट्रेलियाली र बेलायती गरी ३५ जनाको चालक दल पनि बेपत्ता भएको थियो।

पहिलो विश्वयुद्धमा गठबन्धन सेनाको तर्फबाट बेपत्ता भएको पहिलो पण्डुब्बी पनि यही नै थियो।

‘अष्ट्रेलियाको नौसैनिक इतिहासमा यो सबैभन्दा महत्वपूर्ण खोज हो,’ बिहीबार अष्ट्रेलियाली रक्षामन्त्री मरिस पाइनले भनिन्।

यसको खोजीका लागि पानीमुनि जमिनभन्दा ४० मिटरमाथिबाट चल्ने ड्रोनको प्रयोग गरिएको थियो।

१३ पटकको खोजीपछि बुधबार यसलाई फेला पारिएको हो।

पण्डुब्बी फेला परेपछि खोजीकर्ताहरुले हराएकाहरुको सम्झनामा सानो स्मृति कार्यक्रम पनि आयोजना गरेका छन्।

बेपत्ता व्यक्तिका सन्ततिलाई यो खोजका बारे जानकारी गराइने सरकारले जनाएको छ। एजेन्सी

प्रकाशित ६ पुस २०७४, बिहिबार | 2017-12-21 13:20:10


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पत्नी दुर्गा पौडेलका साथ मोहनबिक्रम सिंह

    दिल्लीले ओली र प्रचण्डलाई अलग्याउन खोजिरहेको छः मोहनबिक्रम सिंह

    दिल्लीले वामगठबन्धन फुटाउन प्रयास गरिरहेको चाल पाएपछि प्रचण्डजीलाई घरमै भेटेर भनेको छुः ‘तपाईंले जसरी एक भएर जुनाव जित्नुभयो यो खेर नजाओस्। देश...

  • सन्दीप लामिछाने

    आइपीएलको अक्सनमा सन्दीप लामिछाने

    नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग(आइपिएल)को अक्सनका लागि छनोटमा परेका छन्।

  • यी हुन् कफीबिनै निद्रा भगाउने दश उपाय

    निद्राबाट जोगिने सबैभन्दा सजिलो उपाय हो कफी। बिहान उठ्नेबित्तिकै ताजा महसुस गर्न सकिएन भने वा दिउँसो झुल्न मन लागिरह्यो भने हामी कफीको सहारा...

  • राज्याभिषेक गरेकै चौतारोमा ‘षड्यन्त्रकारी राजा’ द्रव्य शाहको शालिक

    गोरखामा धमाधम शाहवंशीय राजाहरुको सालिक ठड्याउन थालिएको छ। राजतन्त्रविरुद्ध चलेको आन्दोलनका क्रममाः ढालिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक...