ताइवानमा ९ घण्टासम्म लाग्यो इन्द्रेणी, गिनिज रेकर्ड तोड्ने अपेक्षा



चाइनिज कल्चर युनिभर्सिटी

इन्द्रेणी हेर्न मन नपराउने को होला? प्रायःजसो यो क्षणिक हुन्छ, धीत मर्न नपाइ हराइहाल्छ। तर चाइनिज कल्चर युनिभर्सिटी ताइपेइका प्राध्यापक र विद्यार्थीले भने गत साता ९ घण्टाका लागि इन्द्रेणी हेर्ने मौका पाएका छन्।

‘यो अद्भूत थियो, हामीले आकाशबाट उपहार पाएजस्तो महसुस गर्‍यौँ,’ विश्वविद्यालयका प्राध्यापक चोउ कुन सुआन भन्छन्।

सो इन्द्रेणी ३० नोभेम्बर बिहान ६ः५७ देखि अपरान्ह ३ः५५ सम्म ८ घण्टा ५८ मिनेट देखिएको थियो। यसको पुष्टि भए सबैभन्दा लामो समय लागेको इन्द्रेणीको गिनिज रेकर्ड यसले तोड्नेछ। यसअघि १४ मार्च १९९४ मा बेलायतको योर्कसायरमा लागेको इन्द्रेणीको नाममा सबैभन्दा लामो इन्द्रेणीको गिनिज रेकर्ड कायम छ। त्यो इन्द्रेणी ६ घण्टा लागेको थियो।

सो विश्वविद्यालयको वायुमण्डलीय विज्ञान विभाग अहिले गिनिज रेकर्डका लागि प्रमाण जुटाइरहेको छ।

इन्द्रेणी लागेको अवधिमा विभागमा रहेका व्यक्तिले मात्रै १० हजार भन्दा बढी फोटो लिएका थिए।

‘यो इन्द्रेणी नौ घण्टा लागेको थियो भनेर हामी सेकेण्डको हिसाबले गिनिजमा प्रमाणित गर्न सक्छौँ,’ प्राध्यापक चोउ भन्छन्। एजेन्सी

प्रकाशित १८ मंसिर २०७४, सोमबार | 2017-12-04 17:28:17

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...