भेडाले फोटोबाटै ओबामालाई चिन्यो




बाराक ओबामा
बाराक ओबामा

क्याम्ब्रिज विश्वविद्यालयको एक अध्ययनमा भेडाले मानिसको अनुहार पहिचान गर्न सक्ने देखिएको छ।

NIC ASIA

क्याम्ब्रिजका अनुसन्धानकर्ताहरुले भेडालाई जेक गेलेनहाल, एम्मा स्टोन, बाराक ओबामा र बिबिसीकी समाचारवाचक फियोना ब्रुसको अनुहार चिन्न सक्नेगरी तालिम दिएका हुन्।

तालिमपश्चात भेडाले अपरिचित र परिचित अनुहार छुट्याउन सफल भएको थियो।

यसअघिका अध्ययनहरुमा पनि भेडाले आफ्नो रेखदेख गर्ने मानिसलाई चिन्न सक्ने पत्ता लागेको थियो।

वेल्स माउन्टेन प्रजातिका ८ पोथी भेडालाई चार सेलिब्रेटीको अनुहार छुट्याउन लगाइएको थियो। यसका लागि उनीहरुलाई खाना दिएर पुरस्कृत गरिएको थियो।

भेडाहरुलाई दुई फरक कम्प्युटर स्क्रिनमा अलगअलग फोटो देखाइएको थियो। फोटो हेरेर भेडाले परिचित अनुहार छुट्याएको थियो। 

त्यस्तै भेडाले आफ्नो रेखदेखकर्ताको अनुहार पनि छुट्याउन सक्ने यो प्रयोगले पुष्टि गरेको छ।

प्राप्त नतिजाबाट भेडासँग पनि बाँदर, चिम्पाञ्जी र मानिसमा जस्तै अनुहार पहिचान गर्ने क्षमता भएको पुष्टि भएको छ।

यो अध्ययनले हन्टिङटन्स, पार्किन्सन्सलगायत न्युरोडिजेनेरेटिभ रोगबारे बुझ्न पनि मद्दत गर्ने जनाइएको छ। एजेन्सी

प्रकाशित २२ कार्तिक २०७४, बुधबार | 2017-11-08 14:05:04
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ

    तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

  • नेपालमा वर्षिक १० लाख मेट्रिकटन धान आयात, सरकार भन्छ: भात मात्र खाना होइन

    नेपालको प्रमुख बाली धानको रोपार्इ सुरु भएसँगै नेपालमा धानसँग सम्बन्धित तितो तथ्यांक सार्वजनिक भएको छ। ९० प्रतिशतले नेपाली किसानले धान खेती गर्ने...

  • काठमाडौँमा रमाउँदै चिनियाँ पर्यटक

    नेपाल–चीन संयुक्त वक्तव्यः २० लाख पर्यटक भित्र्याउन चीनले काँध थाप्याे

    नेपालमा चिनियाँ पर्यटक पठाउन चीन सरकार सकारात्मक देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा नेपालको...

  • पर्यटन उद्योगमा दक्ष जनशक्तिको अभाव

    पर्यटकीय भाषामा ‘स्प्रिङ सिजन’ सकिनै लागेको छ। पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा युरोप/अमेरिकातिरका पर्यटकहरु फाट्टफुट्ट मात्र देखिन्छन्।...