खुसीबारे आइन्स्टाइनले लेखेको एक वाक्यको नोट १३ लाख डलरमा बिक्री




अल्बर्ट आइन्स्टाइन
अल्बर्ट आइन्स्टाइन

सन् १९२२ मा अल्बर्ट आइन्स्टाइन लेक्चर दिनका लागि जापान पुगेका थिए। उनले भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार जितेको समाचार भर्खरै थाहा पाएका थिए। त्यसैबेला टोकियोस्थित इम्पेरियल होटेलमा उनको एउटा कुरियर आइपुग्यो।

कुरियर लिएर आउने मानिसलाई आइन्स्टाइन खालीहात पठाउन चाहँदैनथे। तर नोबेल जितेका आइन्स्टाइनसँग कुरियरवालालाई टिप्स दिने पैसा थिएन। त्यसैले पैसाको सट्टा उनले आफ्नो हस्ताक्षरयुक्त जर्मन भाषामा लेखिएको दुई ओटा नोट ती व्यक्तिलाई दिए। जसमध्ये एक नोटको सन्देश थियो, सफलताले खुसी दिन्छ नै भन्ने छैन।

‘लामो खोजी र निरन्तरको बैचनीपछि प्राप्त हुने सफलताले भन्दा एक शान्त र विनयशील जीवनले धेरै खुसी दिन्छ,’ आइन्स्टाइनको नोटमा लेखिएको थियो।

‘तिमी भाग्यमानी रहेछौ भने सामान्य टिप्सभन्दा यी नोट मूल्यवान् हुनेछन्,’ आइन्स्टाइनले सन्देश लिएर आउने मानिसलाई भनेका थिए, जो जर्मन सहर ह्याम्वर्गका बासिन्दा थिए।

नभन्दै आइन्स्टाइनको त्यो नोट निकै मूल्यवान ठहरियो।

खुसीको बारेमा लेखिएको उनको नोट इजरायलको जेरुसलेममा भएको एक लिलामीमा १३ लाख डलरमा बिक्री भएको छ। लिलामीकर्ताहरुले भने ती नोटले केही हजार डलर पाउने अपेक्षा गरेका थिए।

आइन्स्टाइनले त्यहीबेला लेखेको अर्को नोट पनि २ लाख ४० हजार डलरमा बिक्री भएको छ। त्यो नोटमा एउटा प्रचलित भनाइ लेखिएको छ, ‘जहाँ इच्छा, त्यहाँ उपाय।’

त्यस्तै आइन्स्टाइनले अन्य समयमा लेखेका अरु दुई नोट पनि मंगलबार भएको लिलामीमा बिक्री भएका छन्। त्यसमध्ये एक ३३,६०० र अर्को ९ हजार डलरमा बिक्री भएको जेरुसलेमको विनर्स अक्सनले जनाएको छ। एजेन्सी

प्रकाशित ८ कार्तिक २०७४, बुधबार | 2017-10-25 14:01:10



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नेपाली वाणिज्य दूतावास ल्हासाले केरुङमा अायाेजना गरेकाे बैठकका सहभागी

    चीनले माग्यो नेपालबाट निर्यात हुने कृषि उत्पादनको सूची

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ।

  • प्राध्यापक पराग पाठक

    एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

    ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

  • डेपुटी गभर्नर श्रेष्ठ

    अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

    डेपुटी गभर्नर श्रेष्ठमाथि नेपाल बंगलादेश बैंक र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप छ।