इटालीकी यी महिलाले गरिन् आफैँसँग विवाह

के कुनै राजकुमारबिना पनि परिकथा सम्भव छ?


Infocus


भनिन्छ, कुनै पनि परिकथा पूरा हुन एक राजकुमार र एक राजकुमारीको आवश्यकता पर्छ। विवाहका लागि मात्रै पनि जोडा चाहिन्छ भन्ने मान्यता छ। तर यी सबै मान्यताहरुलाई उल्ट्याउँदै इटालीकी एक महिलाले आफैँसँग विवाह गरेकी छन्।

NIC ASIA

उनको विवाह समारोह पनि गतिलै थियो। उनले आफ्नो लागि विवाह समारोहमा लगाउने सेतो पहिरन, केक तयार गरेकी थिइन् भने सो समारोहमा ७० पाहुना उपस्थित थिए।

‘हामी सबैले सबैभन्दा पहिले आफैँलाई माया गर्नुपर्छ भन्नेमा म पूर्ण विश्वस्त छु,’ आफैँसँग विवाह गरेकी ४० वर्षीया लाउरा मेजीले भनिन्, ‘बिना कुनै राजकुमार पनि तपाईंसँग परिकथा हुनसक्छ।’

पेसाले फिटनेस ट्रेनर लाउराको यो विवाहको कानुनी मान्यता भने रहनेछैन।

दुई वर्षअघि १२ वर्ष लामो सम्बन्ध अन्त्य भएपछि आफैँसँग विवाह गर्ने विचार आएको लाउरा बताउँछिन्।

पछिल्लो समय ‘सोलोगामी’ भनिने स्वविवाह गर्ने प्रचलन बढ्दै गएको छ। यस्तो विवाह आत्मप्रेम र स्वीकार्यताको विषय भएको यसका समर्थकहरु बताउँछन्।

आफैँसँग विवाह गर्ने योजना बनाउन तपाईंसँग पैसा, आफन्तको सहयोग र अलिकति पागलपन आवश्यक पर्ने उनी बताउँछिन्।

‘मैले ४० औँ जन्मदिनसम्म पनि जीवनसाथी फेला पारिनँ भने आफैँसँग विवाह गर्नेछु भनेर मित्र तथा परिवारलाई सुनाएकी थिएँ,’ उनले भनेकी छन्, ‘कुनै दिन आफ्नो भविष्यबारे सँगै बसेर योजना बनाउने खालको मान्छे भेटेँ भने म खुसी नै हुनेछु, तर मेरो खुसी उसमा निर्भर हुँदैन।’
श्रीमती मेजीले आफू इटालीमा आफैँसँग विवाह गर्ने पहिलो महिला भएको दाबी पनि गरेकी छन्। गत मे महिनामा नेल्लो रुजिरो नामक एक पुरुषले नेपल्समा आयोजित एक समारोहमा आफैँसँग विवाह गरेका थिए।

जापानमा भने सन् २०१४ मै एक ट्राभल एजेन्सीले एकल महिलाहरुका लागि यस्तै विवाह समारोह आयोजना गर्न थालेको थियो।

मानिसहरुले आफैँसँग विवाह गर्ने चर्चा १९९३ देखि नै सुरु भएको हो।

अमेरिकमा ‘आइ म्यारिड मी’ नामक वेबसाइटले स्वविवाह सम्बन्धी सामग्री बेच्ने गर्दछ। क्यानडामा पनि ‘म्यारी योरसेल्फ भ्यानकुभर’ नामक एजेन्सी एक वर्षभन्दा लामो समययता सञ्चालनमा छ।

‘सिंगल इज द न्यु नर्मल, सेलिब्रेट योर सोलो स्टाटस!’ एजेन्सीको नारा नै छ।

यद्यपि सबैले यसलाई मन पराएका छैनन्। केहीले यसलाई आत्मपूजन भन्दै आलोचना गरेका छन् भने केहीले पितृसत्तात्मक संस्थाका सामुन्ने निरर्थक आत्मसमर्पण भएको बताएका छन्।

लाउराको स्वविवाहको फोटोमा पनि केही नकारात्मक टिप्पणीहरु आएका छन्। तर उनले ‘आफ्नो मुस्कानलाई कुनै पनि कुराले बन्द गर्न नसक्ने’ जवाफ दिएकी छन्।

तर अन्तर्वार्ताहरुमा उनले स्वविवाह सबैका लागि उपयुक्त नहुने कुरा स्वीकार गरेकी छन्। बिबिसी

प्रकाशित ११ असोज २०७४, बुधबार | 2017-09-27 17:22:55
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • योगेश भट्टराई

    आफैले ‘मन्त्री बनाउँछु’ भनेका योगेशमाथि प्रम ओलीको तीन ‘कू’

    ओली नै थिए, जसले गत निर्वाचनका क्रममा ताप्लेजुङको चुनावी सभामा भनेका थिए, ‘तपाईंहरुले जिताएर पठाउनुस्, म योगेशलाई मन्त्री बनाउँछु।’तर पटक पटकको...

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • नरेन्द्र मोदी

    मोदीको पहिलो प्रधानमन्त्रित्वकालमा चीन, अमेरिका र नेपाललाई बराबरी प्राथमिकता

    प्रधानमन्त्री भएयता मोदीले आफ्नो शासनको १ हजार ५ सय ९१ दिनमा साढे ११ प्रतिशत समय त विदेशमा नै बिताएका रहेछन्।

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।