ब्राको आकारअनुसार छुट दिने चिनियाँ रेष्टुरेन्टको आलोचना



ग्राहकहरुको ब्राको आकारअनुसार छुट दिने घोषणा गरेको एक चिनियाँ रेष्टुरेन्टको तीव्र आलोचना भएको छ। रेष्टुरेन्टको विज्ञापन विभेदकारी र अश्लील भएको भन्दै विरोध गरिएको छ।

स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै बिबिसीले जनाएअनुसार झेजियाङ प्रान्तका हाङजाउस्थित एक रेष्टुरेन्टमा महिलाको ब्राको आकारअनुसारको छुट दिने व्यवस्था गरिएको थियो।

रेष्टुरेन्टको विज्ञापनमा ब्राको आकार र त्यसअनुसारको छुटको उल्लेख गरिएको थियो। विज्ञापनअनुसार ब्राको आकार ठूलो भएको महिलाले बढी छुट पाउनेछन्। ए कप साइज भएका महिलाहरुका लागि ५ प्रतिशत छुटको व्यवस्था थियो भने जी कपसाइजका लागि ६५ प्रतिशतको।

अगस्ट १ मा पहिलो रेष्टुरेन्टले यस्तो विज्ञापन राखेपछि त्यसको विरोध भएको थियो। तर रेष्टुरेन्टका महाप्रबन्धकले आफ्नो व्यापारिक रणनीतिको बचाउ गरेका छन्। उनले विज्ञापनपछि आफ्ना ग्राहक संख्यामा २० प्रतिशत वृद्धि भएको बताएका छन्।

चिनियाँ रेष्टुरेन्टहरुले राखेको विज्ञापन यसअघि पनि विवादित हुने गरेका छन्। एजेन्सी

प्रकाशित २४ साउन २०७४, मंगलबार | 2017-08-08 14:32:13


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • अन्तिम दोश्रो भोज

    ‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली...

  • प्रधानमन्त्री केपी ओली पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गर्दै

    नयाँ प्रधानमन्त्री वीपीजस्तो कि महेन्द्रजस्तो?

    वीपीले भन्ने गरेको माटो र महेन्द्रले भन्ने गरेको माटोमा फरक छ। हो, यो माटोको फरक बुझ्न सकिएन भने फेरि पनि नेपाली माटो सुहाउँदो ‘कम्युनिज्म’ नेपालमा...

  • 'महिला बालबालिकाले न्याय पाउँछन्'

    एमाले नेता थममाया थापा मगर, ५८ एमाले केन्द्रीय राजनीतिमा पुग्ने थाेरै महिलामध्ये एक हुन्।

  • एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पिएनबीमा १ खर्ब ११ करोडको घोटाला

    नेपालस्थित एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पञ्जाब नेशनल बैंक (पिएनबी) मा एक खर्ब ११ करोड भारतीय रुपैयाँ घोटाला भएको छ।