१८ घण्टा उड्नुपर्दा बोइङले आकाशमै हवाइजहाजको नक्सा बनायो



कतै पुग्ने लक्ष्य नभएको एउटा हवाइजहाजले आकाशमै १८ घण्टा बिताउनुपरे के गर्ला? बुधबार बोइङको एउटा विमानले आकाशमै हवाइजहाजको नक्सा कोरेर १८ घण्टा बिताएको छ।

वास्तवमा बोइङलाई आफ्नो स्तरोन्नति गरिएको इञ्जिनको परीक्षण गर्नु थियो। लामो उडानमा सो इञ्जिनको विश्वसनीयताको परीक्षणका लागि १८ घण्टा लगातार उडाउनु थियो। त्यसैले सो उडानको क्रममा यस्तो हवाइ मार्ग तय गरियो, जुन हेर्दा हवाइजहाजस्तै देखिन्थ्यो।

बुधबार दिउँसो अमेरिकाको सियाटलबाट सुरु भएको सो उडान बिहीबार बिहान सम्पन्न भयो। यसक्रममा आकाशमै बनेको हवाइजहाजको नक्सामा विमानको अघिल्लो भाग वायोमिङमा रह्यो भने पुच्छर अलाबामा। त्यस्तै जहाजको एकातिरको पखेटाले मिसिगन छोयो भने अर्कोतिरकाले टेक्सस।

बोइङले यसअघि पनि यस्ता रोचक उडान भर्ने गरेको छ। सिएनएन

प्रकाशित २० साउन २०७४, शुक्रबार | 2017-08-04 13:00:52

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • चुनाव जितेपछि बिन्दास मुडमा बाबुराम र हिसिला

    गोरखा–२ मा विजय हासिल गरेपछि चुनावी धपेडीबाट मुक्त हुन नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सुटुक्क काभ्रे पुगेका छन्।

  • देउवा र गच्छेदार

    देउवा र गच्छदारको ‘डबल ह्याट्रिक’

    राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन। त्यो परीक्षामा कहिल्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा...

  • राठोर, श्रेष्ठ र राय

    जो टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए

    भक्तपुर–२ मा पराजयोन्मुख परिणाम आइरहँदा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले ट्वीट गर्दै भनेका थिए, ‘भूतले खाजा...