मेलबर्नबाट पर्थ पुगेको एक क्यान बियरको चर्चा



एएफपी

अष्ट्रेलियामा एक व्यक्तिले मात्र एउटा क्यान बियरलाई लगेजका रुपमा चेक इन गराएर इन्टरनेटमा चर्चा कमाएका छन्। मेलबर्नबाट क्वन्टास एयरलाइन्समार्फत ४ घण्टाको यात्रा सफलतापूर्वक सम्पन्न गर्दै सो बियर पर्थ पुगेपछि यो घटना चर्चित बनेको हो।

डिन स्टिन्सन नामक ती व्यक्तिले रमाइलोका लागि साथीहरुसँग मिलेर यस्तो योजना बनाएका थिए।

शनिबार पर्थ विमानस्थलमा सुरक्षित रुपमा ट्याग लगाइएको बियरको क्यान आइपुगेको फोटो अहिले इन्टरनेटमा भाइरल बनेको छ।

यद्यपि सो एयरलाइन्सले अन्य यात्रुलाई यस्तो उदाहरण नपच्छ्याउन आग्रह गरेको छ।

‘यी व्यक्तिको उद्देश्य पूरा भयो र उनले इन्टरनेटको मन जिते। त्यसैले हामी पनि खुसी छौँ,’ एयरलाइन्सका प्रवक्ताको भनाइ बिबिसीले उधृत गरेको छ।

स्टिन्सनले आफ्नो क्यान सुरक्षित रुपमा प्राप्त भएकोप्रति खुसी व्यक्त गरेका छन्। एजेन्सी 

प्रकाशित २८ असार २०७४, बुधबार | 2017-07-12 17:43:56

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फेरि वार्ता होला बाबुराम र उपेन्द्रबीच?

    नयाँ शक्तिले वार्ताका क्रममा राष्ट्रिय अध्यक्ष र संगठनात्मक अध्यक्षको प्रस्ताव पनि अघि सारेको छ। नयाँ शक्तिले राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई...

  • गोरखाका जनप्रतिनिधि र कार्यालय प्रमुखबीच जुहारी

    जिल्ला समन्वय समिति गोरखाको सभाहलमा सोमबार दिउँसो विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि र एघार वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच विकास, निर्माण...

  • तस्वीरमा एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप

    राजधानीमा आइतबारदेखि एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा...

  • मलेसियालार्इ नेपालले ५ विकेटले हरायो, सन्दिपले लिए ७ विकेट

    आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले खेलेका पाँच खेलमध्ये चारमा विजयी हात पारेको छ। चौथो खेलमा जित निकाल्ने क्रममा सोमबारको खेलमा नेपालले मलेसियालाई...