बढी प्रशंसा गरेको भन्दै साउदीका राजाले स्तम्भकारलाई दिए सजाय



आफ्नो प्रशंसा गरेको सुन्न नचाहने मानिस सायदै होलान्। तर साउदी अरबका राजा सलमान बिन अब्दुलअजिजले आफ्नो अत्याधिक प्रशंसा गरेको भन्दै पत्रिकाका एक स्तम्भकारलाई निलम्बन गर्ने आदेश दिएका छन्।

रमादान अल अन्जी नामक ती स्तम्भकारले राजा सलमानलाई ईश्वरलाई प्रयोग गर्ने शब्दद्वारा सम्बोधन गरेका थिए।

एक स्थानीय पत्रिकामा अल अन्जीले राजा सलमानलाई ‘हलीम’ अर्थात् धीर र ‘सदिद अल इकाब’ अर्थात् सजाय दिनमा कडा व्यक्तिका रुपमा चित्रित गरेका थिए। ती दुवै शब्द इस्लाममा अल्लाहका लागि मात्र प्रयोग गरिन्छ।

स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै रोयटर्सले जनाएअनुसार यस विषयमा सो पत्रिकाले गत शनिबार माफी मागेको थियो। एजेन्सी

प्रकाशित २१ असार २०७४, बुधबार | 2017-07-05 16:52:22

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रत्यक्षतर्फ ९० सिट जित्ने लोकतान्त्रिक गठबन्धनको दावी

    मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आफूले जित्ने सिट संख्याबारे दाबी गर्न थालेका छन्। कांग्रेसको नेतृत्वमा...

  • रोहित, अनिल र अासिफ

    यी हुन् राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने युवा खेलाडीहरु

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत डिसेम्बरमा हुने युएई विरुद्धको खेलको तयारीका लागि यसअघि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुकाे नाम...

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...