ट्रम्पको नाममा इरानमा कार्टुन प्रतिस्पर्धा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा इरानमा कार्टुन प्रतिस्पर्धा भएको छ। सोमबार भएको सो प्रतिस्पर्धामा इरानकै हदी असादी नामक कलाकारको कार्टुन विजयी भएको छ।

असादीको कार्टुनमा ट्रम्प अमेरिकी डलरबाट बनेको ज्याकेट लगाएका देखिन्छन्। उनले पुरस्कारस्वरुप १५ सय डलर रकम हात पारेका छन्। उनले उक्त कार्टुनमा ट्रम्पको ‘पैसा प्रतिको आशक्ति र युद्धपिपासु चरित्र’ देखाउन खोजेको बताएका छन्।

यसअघि पनि ‘इस्लामिक स्टेट’ र ‘होलोकास्ट’ जस्ता विषयमा स्पर्धा आयोजना गरिसकेको एक समूहले ‘इन्टरनेसनल ट्रम्पिज्म कार्टुन एन्ड क्यारिकेचर कन्टेस्ट’ आयोजना गरेको हो। गत महिना नै यस्तो स्पर्धा हुने घोषणा गरिएको थियो।

आयोजकहरुका अनुसार सो प्रतिस्पर्धामा २७ देशका कलाकारले भाग लिएका थिए। जसमध्ये १६ सय कार्टुन स्पर्धाका लागि छनोट भएका थिए।

स्पर्धामा भाग लिएका थुप्रै कार्टुनमा ट्रम्पलाई हिटलरसँग तुलना गरिएको बताइएको छ।

अमेरिकी स्वतन्त्रता दिवसको एक दिनअघि र अमेरिकी लडाकु विमानले २९० जनाको ज्यान जानेगरी इरानी विमान खसालेको २९ औँ वार्षिकीको अवसर पारेर सोमबारदेखि नै राजधानी तेहरानमा सो प्रतिस्पर्धामा भाग लिएका कार्टुनहरुको प्रदर्शनी पनि सुरु भएको छ।

एजेन्सी

प्रकाशित २० असार २०७४, मंगलबार | 2017-07-04 16:27:18

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रत्यक्षतर्फ ९० सिट जित्ने लोकतान्त्रिक गठबन्धनको दावी

    मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आफूले जित्ने सिट संख्याबारे दाबी गर्न थालेका छन्। कांग्रेसको नेतृत्वमा...

  • रोहित, अनिल र अासिफ

    यी हुन् राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने युवा खेलाडीहरु

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत डिसेम्बरमा हुने युएई विरुद्धको खेलको तयारीका लागि यसअघि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुकाे नाम...

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...