• चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडको बेला अहिले रेलयात्रीको भीडले विश्वको ध्यान तानेको छ। दशौँ लाख चिनियाँ रेल यात्रा गरी पर्व मनाउन घर फर्किँदै छन् भने छुट्टी मनाउन हिंड्नेको भीड उस्तै छ।
  • उत्तर चीनको हार्बिनमा हिम एक्स्पो सुरु हुँदैछ। अत्यान्त चिसो यो क्षेत्रमा एक्स्पोका लागि विविध हिम मूर्ति तथा कलाकृतिहरू निर्माण हुँदैछन्। एक्स्पोका लागि १०३ मिटर लामो, १४ मिटर चौडा र ३१ मिटर उचाईको विशाल हिममूर्ति तयार भैसकेको छ भने कलाकारहरू त्यसको आसपास अन्य कलाकृति कुँद्न तल्लिन छन्।
  • मानव इतिहासमा केही त्यस्ता क्षणहरु हुन्छन्, जसको पुनरावृत्ति हुदैँन । त्यस्तै केही क्षणहरु यी २१ दुर्लभ तस्वीरमा हेर्नुहोस् ।

रोचक

इण्डोनेसियामा स्थानीयले २६ फिट लामो अजिंगर भुटेर खाए

इण्डोनेसियामा एक भीमकाय अजिंगरलाई स्थानीयले मारेर खाएका छन्। एक स्थानीय सुरक्षा गार्डको हातमा टोकेपछि झण्डै २६ फिट लामो अजिंगरलाई मारेर खाइएको एक प्रहरीलाई उधृत गर्दै एएफपीले जनाएको छ।

इटालीकी यी महिलाले गरिन् आफैँसँग विवाह

भनिन्छ, कुनै पनि परिकथा पूरा हुन एक राजकुमार र एक राजकुमारीको आवश्यकता पर्छ। विवाहका लागि मात्रै पनि जोडा चाहिन्छ भन्ने मान्यता छ। तर यी सबै मान्यताहरुलाई उल्ट्याउँदै इटालीकी एक महिलाले आफैँसँग विवाह गरेकी छन्।

बिए सकेको ८ दशकपछि ९७ वर्षको उमेरमा एमए पास

भारतमा ९७ वर्ष पुगेका एक व्यक्तिले एमए पास गरेका छन्। उत्तर प्रदेशको बरेलीका राजकुमार वैश्यले सोमबार अर्थशास्त्र विषयमा एमए पास गरेका हुन्।

८० वर्षअघि लिइएको पुस्तक पुस्तकालयमा फिर्ता भएपछि

पुस्तकालयबाट लिइएका थुप्रै पुस्तक फिर्ता हुँदैनन्। अझ ८० वर्ष अघि लिइएको कुनै पुस्तक फिर्ता होला भन्ने त सायदै कसैले सोच्ला। तर अमेरिकाको मासाचुसेट्सस्थित एक सार्वजनिक पुस्तकालयमा ८० वर्षअघि लिइएको पुस्तक फिर्ता भएको छ।

बाँदरको सेल्फी कसको? यसरी टुंगियो मुद्दा

सन् २०११ मा इण्डोनेसियाको एउटा ६ वर्षीय बाँदरले एक व्यक्तिले ट्राइपडमा राखेको क्यामेराको लेन्समा अनुहार पुर्‍याएर बटन थिच्यो। क्यामेरामा बाँदरको ङिच्च हाँसेको सेल्फी कैद हुन पुगेको थियो।

अफ्रिकाका जंगली कुकुर पनि भोट दिएर गर्छन् प्रजातान्त्रिक अभ्यास

हामी ठान्छौँ, मताधिकार प्रजातन्त्रको लामो लडाइँपछि मानिसले प्राप्त गरेको अधिकार हो। तर एक नयाँ अध्ययनमा अफ्रिकाका जंगली कुकुरहरुले पनि मतदान गर्ने गरेको तथ्य फेला परेको छ।

जेलभित्र लागुऔषध पुर्‍याउने परेवालाई प्रहरीले हान्यो गोली

अर्जेन्टिनाको एक जेलभित्र लागुऔषध बोकेर पुर्‍याउने एउटा परेवालाई प्रहरीले गोली हानी खसाएको छ। शुक्रबार सो जेलका अधिकारीहरुले लागुऔषध ओसारपसारमा प्रयोग भएको परेवा मारिएको जानकारी दिएका हुन्।

सुनको शौचालयमा पिसाव गर्ने अन्तिम मौका

तपाईंले अरबका राज खान्दानले सुनका शौचालय वा अन्य वस्तु प्रयोग गरेको सुन्नु भएको होला। तर अफैले सुनको शौचालय प्रयोग गर्ने अवसर पाउने कहिल्यै सोच्नु भएको थियो?

खाटबाट ओर्लिन नमान्ने खसी

मुस्लिमहरुको चाड इद–अल अधा नजिकिँदै छ। यसैले भारतको पुरानो दिल्लीस्थित जामा मस्जिद नजिकैको खसी बजारमा भीडभाड लागेको छ। त्यो भीडको आकर्षणको केन्द्र बनेको छ, खाटमा बसेको खसी।

सडकमा नाचेको भिडियो भाइरल भएपछि साउदीमा १४ वर्षे किशोर पक्राऊ

साउदी अरबको एक व्यस्त सडकमा नाचिरहेको भिडियो भाइरल बनेपछि प्रहरीले एक १४ वर्षीय किशोरलाई गिरफ्तार गरेका छन्। ती किशोरलाई ‘सार्वजनिक स्थानमा अनुचित व्यवहार गरेको’ आरोपमा सोधपुछ गरिरहेको बताइएको छ।

चीनमा कुकुर–बिरालोलाई अक्युपञ्चर

घरपालुवा कुकुर तथा बिरालोलाई चिनियाँहरुले अक्युपञ्चर सेवा दिन थालेका छन्। उनीहरुको प्रिय कुकुर तथा बिरालोका दुखाइलाई आराम दिन यो प्राचीन विधि अपनाउन थालिएको थियो।

५७ वर्षे बडिबिल्डिरले जिते स्वर्ण पदक

५७ वर्षको मानिससँग कमैले मात्र बडिबिल्डिङमा स्वर्ण पदक जित्ने अपेक्षा गर्न सक्छन्। तर चीनको सान्सी प्रान्तका एक व्यक्तिले यो काम गरेर देखाएका छन्। याङचुआन सहरका पान सिपिङले बडिबिल्डिङमा स्वर्ण पदक जितेका हुन्।

पुटिनको सिको गर्दै सर्ट खोले रुसीहरुले

हालै रुसी राष्ट्रपतिले साइबेरियामा छुट्टी मनाएको फोटो संसारभर चर्चित भएको थियो। बिना सर्ट उनी माछा मारिरहेका र घाम तापिरहेका तस्वीर भाइरल बनेको थियो। त्यसैको सिको गर्दै अहिले हजारौँ रुसीहरुले सर्टबिनाको आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।

९१ वर्षीया हजुरआमाले स्नातक पास गरिन्

थाइल्याण्डकी एक ९१ वर्षीया वृद्धाले १० वर्ष लगाएर स्नातक पूरा गरेकी छन्। किमलान जिनाकुले युवावस्थामा विश्वविद्यालय जाने अवसर पाएकी थिइनन् तर उमेरको तौलले उनको अध्ययनको रहरलाई दबाइराख्न सकेन।

ब्राको आकारअनुसार छुट दिने चिनियाँ रेष्टुरेन्टको आलोचना

ग्राहकहरुको ब्राको आकारअनुसार छुट दिने घोषणा गरेको एक चिनियाँ रेष्टुरेन्टको तीव्र आलोचना भएको छ। रेष्टुरेन्टको विज्ञापन विभेदकारी र अश्लील भएको भन्दै विरोध गरिएको छ।

१८ घण्टा उड्नुपर्दा बोइङले आकाशमै हवाइजहाजको नक्सा बनायो

कतै पुग्ने लक्ष्य नभएको एउटा हवाइजहाजले आकाशमै १८ घण्टा बिताउनुपरे के गर्ला? बुधबार बोइङको एउटा विमानले आकाशमै हवाइजहाजको नक्सा कोरेर १८ घण्टा बिताएको छ।

झोलुङ्गे पुलमा योग अभ्यास

योग अभ्यासलाई विभिन्न कलात्मक शैलीमा प्रस्तुत गरिरहेका चिनियाँ युवतीले झोलुङ्गे पुललाई समेत प्रयोग गरेका छन्।

माइकल फेल्प्स र सार्कबीच पौडी प्रतिस्पर्धा: २ सेकेण्डले सार्क विजयी

विश्वप्रसिद्ध पौडीबाज माइकल फेल्प्स १०० मिटरको स्पर्धामा अन्ततः पराजित भएका छन्। तर उनको यो पराजय कुनै मानिसविरुद्ध होइन, सार्क माछासँग हो।

पहिलो पटक चन्द्रमाको माटो ल्याइएको झोला १८ लाख डलरमा लिलामी

चन्द्रमामा पहिलो पाइला टेकेका निल आर्म्स्ट्रङले त्यहाँको माटोको नमुना संकलन गरेको झोला अमेरिकामा लिलामी भएको छ। चन्द्रमाको माटो र चट्टानका टुक्रा हालेर पृथ्वीमा ल्याइएको त्यो झोला न्युयोर्कमा १८ लाख डलरमा बिक्री भएको हो।

पौने तीन करोड डलरमा बिक्री भएको भाँडो

चीनमा एक प्राचीन भाँडो २ करोड ७३ लाख अमेरिकी डलरमा लिलामी भएको छ। कराइजस्तो देखिने २ हजार वर्ष पुरानो काँसको भाँडो गत शनिबार झेजियाङ प्रान्तको हाङ्जाउमा बिक्री भएको बताइएको छ।

सिंहले चितुवाको बच्चा स्याहारेपछि

एक सिंहले अर्को प्रजातिको बच्चा भेटे के गर्ला? तान्जानियामा भने एक सिंहले चितुवाको बच्चा स्याहार गर्दै गरेको दृश्य क्यामरामा कैद भएको छ। यस्तो दृश्य पहिलो पटक देखिएको जनाइएको छ।

मेलबर्नबाट पर्थ पुगेको एक क्यान बियरको चर्चा

अष्ट्रेलियामा एक व्यक्तिले मात्र एउटा क्यान बियरलाई लगेजका रुपमा चेक इन गराएर इन्टरनेटमा चर्चा कमाएका छन्। मेलबर्नबाट क्वन्टास एयरलाइन्समार्फत ४ घण्टाको यात्रा सफलतापूर्वक सम्पन्न गर्दै सो बियर पर्थ पुगेपछि यो घटना चर्चित बनेको हो।

बढी प्रशंसा गरेको भन्दै साउदीका राजाले स्तम्भकारलाई दिए सजाय

आफ्नो प्रशंसा गरेको सुन्न नचाहने मानिस सायदै होलान्। तर साउदी अरबका राजा सलमान बिन अब्दुलअजिजले आफ्नो अत्याधिक प्रशंसा गरेको भन्दै पत्रिकाका एक स्तम्भकारलाई निलम्बन गर्ने आदेश दिएका छन्।

ट्रम्पको नाममा इरानमा कार्टुन प्रतिस्पर्धा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा इरानमा कार्टुन प्रतिस्पर्धा भएको छ। सोमबार भएको सो प्रतिस्पर्धामा इरानकै हदी असादी नामक कलाकारको कार्टुन विजयी भएको छ।

साइकल बोकेर घर फर्के मोदी

पोर्चुगल, अमेरिका र नेदरल्याण्ड्सको भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ती देशका नेतासँग भेटघाटका अनेकौँ मधुर सम्झनाका साथ एउटा साइकल पनि बोकेर फर्केका छन्। नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले मोदीलाई सो साइकल उपहार दिएका हुन्।

जब जामा लगाएर केटाहरु स्कुल पुगे

स्कुलमा हाफ प्यान्ट लगाउन नपाइने नियमको विरोधमा एक बेलायती स्कुलका केटाहरु जामा लगाएर स्कुल पुगेका छन्। बिहीबार डेभोन काउन्टीको एक्सटरस्थित इस्का एकेडेमीका विद्यार्थीहरु जामा लगाएर स्कुल आएपछि त्यसले चर्चा पाएको हो।

भारतमा गर्भवतीलाई मांसाहार र कामेच्छाबाट टाढा रहन सल्लाह दिइएपछि

भारतमा गर्भवती महिलालाई मासु, अण्डाजस्ता खानेकुरा र यौनको लालसाबाट टाढै बस्न सुझाव दिइएपछि त्यसको तीव्र आलोचना भएको छ। विशेषज्ञहरुले यस्तो सल्लाहलाई अवैज्ञानिक भन्दै आलोचना गरेका छन्।

बाख्रासँग योग लोकप्रिय बन्दै

योगको लोकप्रियता बढ्दै गएपछि सन् २०१५ देखि २१ जुनका दिन विश्व योग दिवस मनाउन थालिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अनेकौँ धर्मगुरु योगलाई विश्वव्यापी बनाउन लागिपरेका छन्। हालै अमेरिकामा बाख्राको साथमा गरिने योग चर्चामा आएको छ।

फिल्म पूरा गर्न कान्सको ट्रफी बेच्ने निर्देशकको घोषणा

केही समयअघि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोल्न आफूले जीतेको पदक बेच्ने घोषणाले नेपालमा चर्चा पाएको थियो। एक यस्तै घोषणा ट्युनिसियाली–फ्रान्सेली निर्देशक अब्देललतिफ कसिचीले पनि गरेका छन्।

गाउँ अति सुन्दर भएको भन्दै पर्यटकलाई फोटो खिच्न प्रतिबन्ध

स्वीट्जरल्याण्डको एक सुन्दर गाउँले पर्यटकहरुलाई गाउँको फोटो खिच्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसको कारण भने तपाईंलाई छक्क पार्ने खालको छ।
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली, देउवा र दाहाल

    ओली, दाहाल र देउवालाई सर्वसम्मत गराउने गृहकार्य

    एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ। कम्तिमा तीन पार्टीका शीर्ष...

  • दुई मृत तारा टकराएको दृश्यको कलात्मक चित्रण

    दुई मृत ताराबीच ठक्कर, पृथ्वीबाट पहिलो पटक अवलोकन

    दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। आपसमा ठोक्किएर विलय हुनुअघि ती...

  • शेरबहादुर देउवा

    माओवादीका मन्त्रीको जिम्मेवारी खोसियो,कमल थापाले पाए ऊर्जा मन्त्रालय

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी खोसेका छन्। जिम्मेवारी खोसिएसँगै माओवादी केन्द्रका सबै...

  • फूलैफूलको मौसम तिमिलाई

    काठमाडौंको इचंकुनारायण पुग्दा ठाउँ–ठाउँमा फूल–खेती देखियो। ढकमक्क फूलेका रंगीचङ्गी फूल देख्दा तिहारको गाढा झल्को मिल्यो। इचंकुनारायणमा देखिएका...