मनाङमर्स्याङ्दी खप्टड गोल्डकपको सेमिफाइनलमा



तस्विरः सितारा ओझा

मनाङमर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढीमा मंगलबार भएको क्वार्टरफाइनलमा भुटानको डुकस्टार फुटबल क्लबलाई २ – ० गोलले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो।

मनाङको जितमा ५१औँ मिनेटमा ओलावा ओफिज र ८९औँ मिनेटमा सुशील लामाले गोल गरेका थिए। बुधबार अन्तिम क्वार्टरफाइनलमा नेपाल आर्मी क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। मनाङसँगै भारतको दिल्ली युनाइटेड र आयोजक सुदूरपश्चिम—११ यसअघि नै सेमिफाइनल पुगिसकेका छन्। 

सेमिफाइनलमा मनाङले दिल्ली युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। आयोजक सुदूरपश्चिम–११ ले भने सेमिफाइनलमा नेपाल आर्मी र सङ्कटाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यही पुस २१ गतेदेखि जारी प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। रासस

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 21:14:26

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ‘प्रशंसैप्रशंसा पाउनलाई म धार्मिक गुरु होइन’

    नेपाली हास्यव्यंग्य क्षेत्रमा जमेको नाम हो– दिपकराज गिरी । हास्य सिरियल हुँदै अहिले फिल्मसम्म उनी जमिरहेका छन् । नेपालखबरले सोमबार बिहान–बिहानै...

  • संसद बैठक ( फाइल )

    सदनमा संविधान संशोधन पक्ष-विपक्षबीच घोचपेच

    व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदले दोस्रो संशोधन ‘बेमौसमको बाजा’ भएको भन्दै कटु आलोचना गरे भने...

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...