इमेजको विजयी सुरुआत



इमेज च्यानल आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ को लिग खेलमा इमेजले अन्नपूर्ण पोष्टलाई ३–० गोलअन्तरले पराजित ग¥यो।

विजयी टिमका लागि सम्वद्र्धन प्रधानले २ तथा विजय कार्कीले १ गोल गरे।

प्रतियोगिताको नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे।

नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगितामा ७ टिम सहभागी छन्। सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ।

समूह ‘ए’ मा नेपाल टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, एभिन्युज र एपी वान टेलिभिजन तथा समूह ‘बी’ मा अन्नपूर्ण पोष्ट, इमेज च्यानल र रेडियो नेपाल छन्।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र अनुशासित टिमलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक संग्राहलयका संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जनाएका छन्।

प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल नेपाल टेलिभिजन र डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुपबीच हुनेछ। दोश्रो खेलमा एभिन्युजले एपी वानको सामना गर्नेछ।

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 17:06:11

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...