नगदसहित सोमबहादुर सम्मानित



कमला कार्की स्मृति प्रतिष्ठानले पारा तेक्वान्दो खेलाडी सोमबहादुर सुनुवारलाई आइतबार नगदसहित सम्मान गरेको छ। अन्तर्राष्ट्रिय पारा तेक्वानदो प्रतियोगितामा पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्न सफल भएकोमा प्रतिष्ठानले सोमलाई सम्मान गरेको हो।

गत वर्षको अगष्टमा भारतको हैदराबादमा भएको प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दोको के– ४२ क्याटगोरीको ६० केजीमाथि तौलसमूहमा सोमले स्वर्ण जितेका थिए।

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सोमलाई नगद १० हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरी सम्मान गरे।

सोही अवसरमा प्रतिष्ठानले तेज गंगा बहुमुखी क्याम्पसकी प्रमुख डा. अम्बुभवानी कार्कीलाई नगद ५० हजार १ रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरेको थियो। 

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 16:59:37

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...