अल्ट्राधावक मिरा २८ लाख नगदसहित सम्मानित



अल्ट्रा म्याराथन धाविका मिरा राईलाई नगद २८ लाख रुपैयाँसहित सम्मान गरिएको छ। मिरालाई अल्ट्राम्याराथनमा अन्तराष्ट्रियस्तरमा नेपाललाई चिनाउन सफल भएको भन्दै झापाको दमकमा नगदसहित सम्मान गरिएको हो। बेलायतमा रहेका आधा दर्जन संघसंस्थाले संयुक्तरुपमा उनलाई २८ लाख नगदसहित सम्मान गरेका हुन्।

दमक रेडक्रसको भवनमा बिहीबार एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर विष्टले मिरालाई नगदसहित सम्मानित गरे। बेलायतस्थित सगरमाथा तेक्वान्दो डोजाङ्गको पहलमा किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाईजेसनको सहयोगमा उक्त रकम जुटाइएको हो। कार्यक्रममा मिरालाई अल्ट्राम्याराथनमा लाग्न प्रेरित गर्ने कराते प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि २ लाख नगदसहित सम्मानित गरिएको थियो।

मिरा नेसनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको ‘एड्भेन्चरर्स अफ दि इयर’को ‘पिपुल्स च्वाइस अवार्ड’को मनोनयनमा परेकी थिइन्। भोजपुर सानोदुम्जा घर भएकी २६ वर्षीया मिरा राई पूर्व माओवादी लडाकु हुन्। शान्ति सम्झौतापछि सेना समायोजनमा अयोग्य ठहर भएर बहिर्गमनमा परेपछि मिरा धावनमा लागेकी थिइन्।

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 19:18:51

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...