भेट्रान फुटबल शनिबारदेखि



मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नक आउट फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। एकेडेमीको आठौं स्थापना दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा मोफसलका ३ सहित ८ टिमले प्रतिस्पर्धा गर्ने एकेडेमीका केन्द्रीय अध्यक्ष एवं सांसद् विनोद श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रतियोगिताको उद्घाटन दिन १० देखि १६ वर्ष उमेरसमूहका लागि फुटबल प्रशिक्षण तथा मदन स्मृति रंगशालाको पनि उद्घाटन गरिने जानकारी दिइयो।

मोफसलबाट साइनिङ सन फुटबल एकेडेमी, कैलाली, चितवन एफसी र वीरगन्ज युथ एले भाग लिनेछन्। उपत्यकाका सहभागी टिमहरुमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी, एस नाइट किङ क्लब,

चन्द्रागिरी क्लब, ४० प्लस फाउन्डेसन तथा क्लब मोसेस रहेका छन्। उपत्यका बाहिरका टिमलाई आयोजकले खाना र वसोवासको व्यवस्था गर्नेछ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु चन्द्रागिरी नगरपालिकाको ठूलो ढुंगामा हुनेछ।

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 17:51:25

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...