लेस्नरलाई एक वर्षको प्रतिबन्ध



युएफसी हेभीवेट च्याम्पियन ब्रोक लेस्नरलाई एक वर्षका लागि प्रतिबन्ध लगाइएको छ। डोपिङ परीक्षणमा असफल भएपछि उनलाई सो प्रतिबन्ध लगाइएको हो।

युएफसी २०० भन्दा अघि गरिएको दुई परीक्षणमा लेस्नर असफल भएपछि ‘द युनाइटेड स्टेट्स एन्टी डोपिङ एजेन्सी’ले बुधबार उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। गत जुलाईमा भएको सो स्पर्धाका लागि करिब पाँच वर्ष डब्लुडब्लुई सुपरस्टारका रुपमा रेस्लिङमा समय बिताएका लेस्नर युएफसी फर्किएका थिए।

लास भेगासमा जुन २८ र जुलाई ९ मा गरिएको छुट्टाछुट्टै परीक्षणमा उनी असफल भएको जनाइएको छ।

उनीमाथिको प्रतिबन्धको सुरुवात जुलाई १५ देखि रहेको घोषित गरिएको छ। यसको अर्थ उनी २०१७ को जुलाई १५ देखि युएफसीमा फर्किन सक्नेछन्।

यसअघि डिसेम्बरमा उनलाई नेभाडा एथ्लेटिक कमिसनले पनि एक वर्ष निलम्बन गर्नुका साथै २ लाख ५० हजार डलर जरिवाना गरेको थियो। एजेन्सी

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 15:40:34

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...