‘क्याप्टेन कुल’ ले दिए राजीनामा



भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धोनीले सीमित ओभरको कप्तानीबाट राजीनामा दिएका छन्। ‘क्याप्टेन कुल’का उपनाम पाएका धोनीले इंग्ल्याण्डसँगको एक दिवसीय सिरिजअघि राजीनामा दिएका हुन्।

उनलाई टेस्टमा भन्दा एक दिवसीय क्रिकेटमा राम्रा कप्तानका रुपमा गिन्ती गरिन्छ। एक दिवसीय र टि२० टोली छनोटका लागि जनवरी छ मा छनोटकर्ताहरुको बैठकअघि धोनीले कप्तानी छोड्ने निर्णय गरेका हुन्। उनले टेस्ट टोलीको कप्तानी डिसेम्बर २०१४ मै छोडेका हुन्।

उनले दक्षिण अफ्रिकामा आयोजित २००७ को वर्ल्ड टि२०, २०११ मा भारतमै आयोजित एक दिवसीय विश्वकप, र २०१३ मा इंग्ल्याण्डमा आयोजित च्याम्पियन्स ट्रफी जिताएका थिए।

धोनीले १९९ एक दिवसीय क्रिकेटमा देशको नेतृत्व गरे, जसमध्ये ११० खेलमा भारतले जित हात पारेको थियो भने ७४ मा हार। त्यसैगरी उनको कप्तानीमा भारतले खेलेको ७२ टि२० खेलमध्ये भारत ४१ खेलमा विजयी बन्यो र २८ मा हार बेहो¥यो। त्यस्तै उनले २७ टेस्टमा जित हासिल गर्दा १८ हार र १५ बराबरी हुन पुग्यो।

त्यसैगरी धोनी न्युजिल्याण्डमा एक दिवसीय क्रिकेट सिरिज र अष्ट्रेलियामा टि२० सिरिज जिताउने एक मात्र भारतीय कप्तान बनेका छन्।

कप्तानका रुपमा एक दिवसीय क्रिकेटमा उनले ६,६३३ रन बनाएका छन् भने टेस्टमा ३,४५४ रन बनाएका छन्।

अन्तिम बलसम्म पुगेर खेल जिताउने धोनीको शैलीका कारण धेरैले उनको प्रशंसा र केहीले आलोचना पनि गर्दथे। विभिन्न विज्ञापन पनि खेलेका उनी सबैभन्दा धनी क्रिकेटरमध्ये एक मानिन्छन्।

कप्तानी छोडेको घोषणापछि क्रिकेटका हस्तीहरुले धोनीको प्रशंसा गरेका छन्। उनले राजीनामा दिएपछि हाल टेस्ट टोलीका कप्तानी गरिरहेका विराट कोहलीले एक दिवसीय तथा टि२० टोलीको नेतृत्व सम्हाल्ने अपेक्षा गरिएको छ। एजेन्सी

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 10:40:39

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...