भारतसँग पराजित भएसँगै नेपाल सेमीफाइनलबाट बाहिरियो

नेपाल–१, भारत–३



महिला साफ च्याम्पियनसिप अन्तर्गतको सेमी फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ। तीन गोलले पराजित भएसँगै नेपाल खेलबाट बाहिरिएको छ।

खेलको ४४औं मिनेटमा भारतका लागि कमला देवीले गोल गरिन्। थपिएको एक मिनेटमा दुवै पक्षबाट गोल हुन सकेन।

दोस्रो हाफमा ५८औं मिनेटमा भारतका लागि बिन्दूमतिले अर्को गोल गरेकी छन्। यसपछि नेपालले ७५‍औं मिनेट पाएको पेनाल्टीलाई गोलमा परिणत गर्‌यो। सावित्रा भण्डारीले नेपालका लागि गोल फर्काएकी थिइन्। 

५ मिनेट समय बाँकी रहँदा भारतले पाएको कर्नर बल रोक्न नसक्दा ३–१ को परिणाम नेपालले बेहोर्न बाध्य भयो।

यसअघि नेपालले श्रीलंकालाई १–०, माल्दिभ्सलाई ९–० र भुटानलाई ८–० गोल अन्तरले पराजित गरेको थियो। समूह विजेता बन्दै सेमी फाइनल पुगेको नेपालका लागि सावित्रा भण्डारीले उत्कृष्ठ प्रदर्शन गरेकी थिइन्।

आत्मघाती गोलमार्फत् श्रीलंकालाई पराजित गरेपनि अरु दुई देशविरुद्ध शानदार जित हासिल गरेको थियो।

प्रकाशित १८ पुस २०७३, सोमबार | 2017-01-02 15:28:41

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...