नेपाली आर्मी र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै



सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन्। दुवै टोली केहीबेरपछि यहाँस्थित बैजनाथपुरको खेल मैदानमा फाइनल खेल्ने तयारीमा छन्।

बिहीबार बैजनाथपुर खेल मैदानमा सम्पन्न खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले तथा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकटले नै पराजित गरी उपाधिका लागि आफ्नो स्थान सुरक्षित गरेका हुन्। बैजनाथपुरको खेल मैदानमा बिहीबारको खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको प्रहरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाई एक सय ४४ रन बनायो। सेनाले विजयी लक्ष्य १८।३ ओभरमा दुई विकेट गुमाई पूरा गरेको थियो।

सेनाका लागि सागर पुनले ४८ बलमा एक छक्का र सात चौका प्रहार गरी ५९ रन तथा अविजित रहेका अनिल मण्डलले ५४ बलमा ६ चौकाको मद्दतमा ६२ रन बनाए। बलिङतर्फ प्रहरीका मञ्जित श्रेष्ठ र दीपेन्द्र ऐरीले एक–एक विकेट लिए।

यसअघि प्रहरीका लागि ब्याटिङ गर्ने क्रममा प्रेम तामाङले ३७ बलमा ४ चौकाको मद्दतमा ३५ रन तथा दिलीप नाथले २५ बलमा एक छक्का र तीन चौका हान्दै ३२ रन बनाए। बलिङतर्फ सेनाका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट तथा विक्रम सोव र चन्द्र साउदले दुई–दुई विकेट लिएका थिए।

यस्तै, अर्को खेलमा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा सबै विकेट गुमाई ६१ रन मात्र बनायो। विजयका लागि ६२ रनको लक्ष्य पछ्याएको सशस्त्रले ९।३ ओभरमा दुई विकेट गुमाई पूरा गरेको थियो। सशस्त्रका लागि प्रदीप ऐरीले अविजित रही २४ बलमा चार चौकाको मद्दतमा ३३ रन तथा पृथू बाँस्कोटाले अविजित ९ रन बनाए। बलिङतर्फ मध्यमाञ्चलका रसिद खानले दुई विकेट लिए।

यसअघि मध्यमाञ्चलका लागि ब्याटिङ गर्ने क्रममा हरिशङ्कर साहले २१ रन बनाएका थिए। बलिङतर्फ सशस्त्रका करण केसी र वसन्त रेग्मीले दुई–दुई विकेट तथा शक्ति गौचन, पारस खड्का, यज्ञमान कुमाल र भुवन कार्कीले एक–एक विकेट लिएका थिए। रासस

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 12:39:22

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...