एक सय आठ स्वर्ण सहित नेपाल आर्मी अग्र स्थानमै



सातौं राष्ट्रिय खेलकुद अन्र्तगत अहिलेसम्म १ सय ८ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। विहिबार सम्म भएका खेलमा उसलाई पछ्याउँदै शसस्त्र प्रहरीले ४६ स्वर्ण र नेपाल पुलिसले ४० स्वर्ण हात पारेको हो।

जिम्न्याष्टिक: एपीएफलाई १० स्वर्ण

धुलाबारीको पासाङ ल्हामु कवर्ड हलमा विहीवार सम्पन्न भएको जिम्न्यास्टिक प्रतियोगितामा विभागिय टीम एपीएफले १० स्वर्ण जितेको छ। पुरुषतर्फ टीम इभेन्टसहित ७ र महिलातर्फ पनि टीम इभेन्टसहित ३ गरी कुल १० स्वर्ण एपीएफको पोल्टामा परेको हो।

पुरुषतर्फको भुई व्यायाममा राजु राई (एपीएफ) ले एपीएफकै उज्जवल तिवारीलाई हराए। मध्यमाञ्चलका त्रिदेव गिरीले काष्य जिते। पोमेल हर्षमा राजुले स्वर्ण, एपीएफकै रमेश श्रेष्ठले रजत र सुदुरपश्चिमका भक्तवहादुर चौधरीले काष्य जिते। रोमन रिङमा पनि राईले स्वर्ण, श्रीकृष्ण गर्वुजा (एपीएफ)ले रजत र सत्यनारायण मानन्धर (मध्यमाञ्चल)ले काष्य जिते।
पारलर वारमा राजुले स्वर्ण जित्दा विष्णु वाटा(एपीएफ)ले रजत र सत्यनारायण मानन्धर (मध्यमाञ्चल) ले काष्य थापे। त्यस्तै राजुले अलराउन्ड च्याम्पियनमा स्वर्ण जित्दा उज्जवल तिवारी (मध्यमाचल) र भक्तवहादुर चौधरी (सुदुरपश्चिम) ले क्रमशः रजत र काष्य जिते। पुरुषतर्फको मल्तिङमा भने उज्जवल तिवारी (मध्यमाञ्चल) ले स्वर्ण जिते। एपीएफका खेलाडीद्धय दिनेश सुनार र रमेश श्रेष्ठले क्रमशः रजत र काष्य पाए। पुरुष टिम इभेन्टमा एपीएफले स्वर्ण जित्यो। मध्यमाञ्चलले रजत र सुदुुरपश्चिमाञ्चलले काष्य जित्यो।
महिला तर्फको टिम इभेन्ट पनि एपीएफकै पोल्टामा पर्यो। रजत मध्यमाञ्चल र काष्य सुदुपश्चिमले जित्यो। भल्टिक टेवलमा रेसिका श्रेष्ठ (एपीएफ) ले स्वर्ण जितिन्। तारा शिवाकोटी (मध्यमाञ्चल) र पिंकी झाङ (एपीएफ) ले रजत र सुनिता निरौला (एपीएफ) ले काष्य जिते।
भु“ई व्यायाममा तनै मेडल एपीएफले जित्यो। पिंकी झाङले स्वर्ण, रेसिका श्रेष्ठले रजत र सुनिता निरौलाले काष्य जितिन्।
अलराउन्डमा पनि तीनै मेडल एपीएफको पोल्टामा पर्यो। रेसिकाले स्वर्ण, पिंकीले रजत र सुनिताले काष्य जिते। विजेता टीमलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलगायतले मेडल प्रदान गरे।
कुस्तीमा मध्यमाञ्चललाई ६ स्वर्ण

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत कुस्तीमा मध्यमाञ्चलले बिहीबार सर्वाधिक ६ स्वर्ण जितेको छ। पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको कुस्तीमा ८ स्वर्णका लागि भिडन्त भएको थियो। पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ स्वर्ण बाँडे।

सिराहमा भएको प्रतियोगिताको अन्तिम दिन ५७ केजीमा रामबाबु यादव, ६१ केजीमा जयमंगल यादव, ६५ केजीमा सरोजबाबु यादव, ७४ केजीमा मुक्तार आलम, ९७ केजीमा सुमिरकुमार साह तथा १२५ केजीमा सत्येन्द्रप्रसाद यादवले मध्यमाञ्चललाई स्वर्ण दिलाए। रामबाबुले प्रहरीका भग्वत साह, जयले पश्चिमाञ्चलका श्याममिलन दूरी, सरोजले पूर्वाञ्चलका सुरेशकुमार यादव, मुक्तारले पश्चिमाञ्चलका मुनेश्वर यादव, सुमिरले मध्यपश्चिमाञ्चलका कमरुद्धिन मिया तथा सत्येन्द्रले पूर्वाञ्चलका नागेन्द्र यादवलाई पछि पारे।
७० केजीमा पश्चिमाञ्चलका वैजनाथ यादवले प्रहरीका दिपेश राउतलाई पराजित गरी पहिलो स्थान हात पारे। मध्यपश्चिमाञ्चलका रमेश गोतमेले पूर्वाञ्चलका विसनदेव यादवलाई निराश पार्दै ८६ केजीमा च्याम्पियन बने।
तीनदिनसम्म चलेको कुस्तीमा पाँच विकास क्षेत्र, प्रहरी र आर्मीका ५५ खेलाडीले ८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको कुस्ती मुख्य प्रशिक्षक खगेन्द्र बस्नेतले जनाएका छन्।


बुद्धिचाल

नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर मोनालीसा खम्बुले एक खेल अगावै राष्ट्रिय महिला बुद्धिचालको उपाधि जितेकी छन्। सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा बुधबार सम्पन्न आठौं चरणको खेलमा मध्यमाञ्चलका पुर्णिमा जयसवाललाई हराउँदै मोनालिसा दोश्रो पटक राष्ट्रिय प्रतियोगिताको उपाधि हात पार्न सफल भएकी हुन। उनको ८ खेलबाट ७ दशमलब ५ अंक भएको छ । मोनालीसाले शुक्रबार हुने नवौं चरणको खेलमा नेपाल आर्मीका वुमन क्यान्डिडेटमास्टर सुरुची थिङसँग प्रतिष्पर्धा गर्नेछिन्।
खुलातर्फ मध्यमाञ्चलका मदनकृष्ण कायस्थको अग्रता कायमै रहेको छ। आठौं चरणमा पूर्वाञ्चलका प्रकाश नेपाललाई हराउन सफल मदनकृष्णको सात अंक भएको छ। अन्तिम चरणको खेलमा उनले एपिएफ क्लबका सुमित पन्तको सामना गर्नेछन्।
मध्यमाञ्चलका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी नेपाल आर्मीका हिमाल लामालाई हराउँदै ६ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहेका छन्। मध्यमाञ्चलका आशिष फुँयाल तथा क्षितीज भण्डारी, नेपाल आर्मीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला तथा हिमाल लामा र एपिएफका सुमित समान ५ दशमलब ५ अंकमा छन्। त्यसैगरी नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, पूर्वाञ्चलका प्रकाश नेपाल, पश्चिमाञ्चलका सविन चन्द्र घिमिरे तथा मध्यमाञ्चलका नविन तण्डुकार र कमल श्रेष्ठको समान पाँच–पाँच अंक भएको छ।
महिलातर्फ नेपाल आर्मी क्लबका वुमन फिडेमास्टर सुजना लोहनी तथा सिन्दिरा जोशी समान ६ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन्। मध्यमाञ्चलका सविना श्रेष्ठ तथा नेपाल आर्मीकी सुरुचीको समान ५ दशमलब ५ अंकमा रहेका छन्। त्यसैगरी पूर्वाञ्चलकी कृपा अधिकारी ५ अंकमा रहेकी छन्।

केशव श्रेष्ठ र सुजना लोहनी पहिलो रेपिड चेस च्याम्पियन

नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ र वुमन फिडेमास्टर सुजना लोहनी पहिलो रेपिड चेस च्याम्पियन बनेका छन्। सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय चेस प्रतियोगिताको रेपिड तर्फको उपाधि जित्ने क्रममा केशवले ७ खेलबाट ५ दशमलब ५ अंक बटुले। समान ५ दशमलब ५ अंक बनाएका पूर्वाञ्चलका प्रकाश नेपाल तथा मध्यमाञ्चलका गणेशमान दुवाल प्रोगेशिभ प्वाईन्ट टाईब्रेकरमा पछि पर्दै क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहे।

महिलातर्फ ७ खेलबाट समान ६ अंक बनाएका नेपाल आर्मीका सुजना लोहनी तथा सीन्दिरा जोशीर एपिएफका शान्ता थापा क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहे।

साइक्लिङ

सातौ राष्ट्रिय प्रतियोगिता अन्तर्गत धरानमा सञ्चालन भएको १५ औ राष्ट्रिय माउन्टेन वाइक चेम्पियसिपको खुल्ला पुरुषतर्फ नुवाकोटका बुद्धिबहादुर तामाङले प्रथम स्थान हासिल गरेका छन् भने महिलातर्फको खुल्लातर्फ लक्ष्मी मगरले प्रथम स्थान हासिल गरेका छन्।तामाङले नाइन ल्याप (२७ किमी) को दूरी १ घण्टा २७ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् भने लक्ष्मीले १ घण्टा १४ मिनेट २९ सेकेन्डमा निर्धारित दूरी १८ किमीको दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका हुन्।

यसैगरी खुल्लातर्फ निर्धारित दूरी १ घण्टा २७ सेकेन्ड ४७ सेकेन्डमा पार गर्दै काठमाण्डौका नारायण गोपाल महर्जन दोस्रो स्थान हात पारे भने सोही दुरी १ घण्टा ३३ मिनेट २४ सेकेन्डमा पार गर्दै काठमाण्डौकै राजकुमार श्रेष्ठले तेस्रो स्थान हात पारेका छन्।
धरान १४ विजयपुरमा आयोजना गरिएको सो प्रतियोगिताको महिला खुल्लातर्फ निर्धारित दूरी १ घण्टा १७ मिनेट ३४ सेकेण्डमा पार गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्का र आर्मीकै पुष्पाकुमारी भण्डारीले १ घण्टा २० मिनेट २४ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरेकी छन्।
यसैगरी पुरुष जुनियरतर्फ सिन्धुपाल्चोकका सुरज राना मगरले प्रथम स्थान हासिल गरेका छन्। उनले निधारित १८ किमीको साइकल यात्रा ५९ मिनेट २१ सेकेन्डमा पार गरेका थिए। यस्तै १ घण्टा १ मिनेटमा निर्धारित दूरी पार गर्दै काठमाण्डौका प्रचित थापा मगरले दोस्रो स्थान हात पारे भने सुनसरीका अनिष तामाङले तेस्रो स्थान हात पारेका छन्।
यस्तै ३० बर्ष माथिको पुरुषतर्फ रौतहटका विक्रम राईले निर्धारित दूरी १८ किमी १ घण्टा ११ मिनेट २४ सेकेण्डमा पार गर्दै प्रथम, प्युठानका दामोदर बुढा मगरले १ घण्टा ११ ३६ सेकेण्डमा पार गर्दै दोस्रो र विभागीय टिम शशस्त्र प्रहरीका आश नारायण चौधरीले १ घण्टा १३ मिनेट २४ सेकेण्डमा निर्धारित समय पार गर्दै तेस्रो स्थान हासिल गरेका हुन्।

पुरुष फुटबल: पुलिसलाई फुटबलमा काँस्य

पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले काँस्य पदक जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार मध्यमाञ्चललाई ४–३ गोलअन्तरले पराजित गर्दै पुलिसले काँस्य पदक जितेको हो। प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा पुलिसका तीर्थ राना मगरले दुई गोल गरे भने भोला सिलवालले एक गोल गरेका थिए। एक गोल भने मध्यमाञ्चलका खेलाडीले आत्मघाती गरेका थिए।
पहिलो हाफको १३ औं मिनेटमा भेला सिलवालले गोल गर्दै पुलिसलाई अग्रता दिलाए भने २३ औं मिनेटमा रवि पासवानको पासमा तीर्थ राना मगरले गोल गरेका थिए। दोस्रो हाफको १९ औं मिनेटमा तीर्थ रानाले पुलिसको लागि तेस्रो गोल गरे भने इञ्जुरी समयमा मध्यमाञ्चलका कुदलीप कार्कीले आत्मघाती गोल गरेका थिए। मध्यमाञ्चलका लागि टंकबहादुर स्याङ्देनले २ र श्याम बाबु क्याप्छाकी मगरले एक गोल गरे। दोस्रो हाफको ५ मिनेटमा टंकबहादुरले पहिलो गोल गरेका थिए । यस्तै, १८ औं मिनेटमा श्याम बाबुले हेडमार्फत दोस्रो गोल गरे भने ३९ औं मिनेटमा टंकबहादुरले तेस्रो गोल गरेका थिए। उक्त खेलको म्यान अफ दि म्याच पुलिसका तीर्थ राना मगर घोषित भए। उनले नगद ५ हजार हात पारे। स्वर्ण पदक लागि शुक्रबार नेपाल आर्मी र सशस्त्र प्रहरी वलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
दोश्रो सेमिफाइनलमा आर्मीले मध्यमाञ्चललाई सडन डेथमा (७–६) हराउदै बिहीबारै फाइनलमा स्थान बनाएको हो।
स्क्वास: अरहान्त र अमृत फाइनलमा

स्क्वासको पुरुष सिंगल्समा आर्मीकाद्वय अरहान्तकेशर सिंह र अमृत थापा मगर बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

ललितपुरको सातदोबाटोमा भएको सेमिफाइनलमा अरहान्तले मध्यमाञ्चलका विनोदरत्न शाक्यलाई ११–१, ११–२ र ११–५ तथा अमृतले मध्यपश्चिमाञ्चलका ज्ञानु चौधरीललाई ११–५, ११–८ र ११–५ को सोझो सेटमा पराजित गरे। सो स्पर्धाको महिलामा आर्मीकी विपना ब्लोन र मध्यमाञ्चलकी भावना सुनवारले उपाधि भिडन्त पक्का गरिसकेका छन्।

ह्यान्डबल

ह्यान्डबलको पुरुष र महिला दुवैमा आर्मी र एपीएफ बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
पुरुषमा आर्मीले पूर्वाञ्चललाई ३५–२० ले पराजित गर्दै अर्को विभागीय टोली एपीएफसंग फाइनल भेट पक्का ग¥यो। अर्को सेमिफाइनलमा एपीएफले पश्चिमाञ्चललाई ३२–२६ हराएको थियो।
मोरङको टंकीसुनवारीमा भएको महिला सेमिफाइनलमा आर्मीले पश्चिमाञ्चललाई २७–१२ ले पाखा लगायो। फाइनलमा आर्मीको महिला टोलीले पनि एपीएफलाई नै प्रतिद्वन्द्वी पाएको छ। अर्को सेमिफाइनलमा एपीएफले मध्यमाञ्चलमाथि ४३–६ को सहज जित दर्ता गरेको थियो।
पुरुष क्रिकेट: एपिएफ र आर्मी विजयी भई फाइनलमा

बैजनाथपुरको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एपिएफले मध्यमाञ्चललाई ८ विकेटले पराजित गरी फाइलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा पूरै विकेट गुमाई ६१ रनको योगफल तयार पारेको थियो। हरिशंकर सालले २१ रन योगदान गरेका थिए।

एपिएफका करण केसी र बसन्त रेग्मीले २–२ विकेट तथा शक्ती गौचन, पारस खडका, यज्ञमान कमाल र भुवन कार्कीले १–१ विकेट लिएका थिए।
जवाफमा ६२ रनको लक्ष्य पछ्याएको एपिएफले ९ दशमलव ३ बलमा २ विकेट गुमाई लक्ष्य भेटायो । प्रदीप ऐरीले २४ बलमा ४ चौका प्रहार गरी नटआउट ३३ रन, पृथू बाँस्कोटाले नटआउट ९, हारिफ शेखले ८ रन र सुवाश खकुरेलले २ रन बनाए। मध्यमाञ्चलका रशिद खानले २ विकेट लिए।
दोस्रो सेमिफाइनलमा आार्मीले नेपाल पुलिस क्लबलाई ८ पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ४४ रन बनाएको छ। प्रेम तामाङले ३७ बलमा ४ चौका प्रहार गरी ३५ रन र दिलिप नाथले २५ बलमा १ छक्का र ३ चौका प्रहार गरी ३२ रनको योगदान गरेका थिए। आर्मीका सोमपाल कामीले ४ ओभरमा २५ रन दिएर ३ विकेट तथा विक्रम सोव र चन्द्र साउदले २–२ विकेट लिएका थिए।
जवाफमा १ सय ४५ रनको लक्ष्य पछ्याएको आर्मीले १८ दशमलव ३ बलमा २ विकेट गुमाई जित हात पा¥यो। जस्मा सागर पुनले ४८ बलमा १ छक्का र ७ चौका प्रहार गरी ५९ रन र अनिल मण्डलले ५४ बलमा ६ चौका प्रहार गरी नटआउट ६२ रन बनाएका थिए। पुलिसका मन्जित श्रेष्ठ र दिपेन्द्र ऐरीले १–१ विकेट लिएका थिए।

 

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 12:05:01

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...