बजेट अभावले खल्लो बन्दै सातौँ राष्ट्रिय खेलकुद

२० करो‍ड दिन्छु भनेको सरकारले ८ करोड मात्रै दियो



फाइल फोटो

औपचारिक रुपमा अाजदेखि सुरु हुने पूर्वाञ्चलमा सुरु हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चहलपहल उच्च बिन्दुमा पुगेको छ। प्रतियोगिता अन्तर्गतको महिला फुटबल सुनसरीको दुहवीमा २ पुसदेखि सुरु भईसकेको छ भने पुरुष फुटबलका खेलहरु पनि बिहीबारदेखि सुरु भइसकेका छन्। तर राष्ट्रिय खेलकुद परिषदसँग प्रतियोगिता सञ्चालन गर्नका लागि पर्याप्त बजेट नै छैन।

विभिन्न ३० खेलमा ३ हजार ९ सय ७२ खेलाडी सहभागी हुने प्रतियोगितामा १ हजार ७ सय ५३ पुरुष र १ हजार १ सय ६१ महिला खेलाडी सहभागी हुनेछन्। विराटनगरमा उद्घाटन हुने खेलका लागि खेलाडी, प्रशिक्षक लगायत खेलसँग सम्बन्धित व्यक्तिहरु पुग्ने क्रम अझै जारी छ।प्रतियोगितामा २ सय ६८ स्वर्ण २ सय ६८ रजत र ४१६ कास्य पदक गरी कुल ९ सय ५२ पदकका लागि प्रतिस्पर्धा हुनेछ। छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग खेललाई सातौँ राष्ट्रिय खेलकुदमा समावेश गरिएको छ।

प्रतियोगिता सम्पन्न गर्नका लागि सरकारसँग ३१ करोड रुपैयाँ माग गरिएकोमा पूरा रकम पाउन नसकेको परिषदको भनाइ छ। २० करोड सरकारले बजेट भाषणमा नै घोषणा गरेको भए पनि हालसम्म सरकारले ८ करोड मात्र उपलब्ध गराएको राखेप सदस्य सचिव केशव विष्टका प्रेस सल्लाहकार रोहित दाहालले बताए। उनले भने, ‘हामीले भने जति बजेट पाउन सकेनौँ तर राष्ट्रिय खेलकुद परिषदले मितव्ययी भएर प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी छोड्नेछैन।’ उनले सुरुमा प्रतियोगिता सम्पन्न गर्न २३ करोड रुपैँया लागतको अनुमान गरिएकोमा खेल संख्यामा वृद्धि भएको तथा अन्य लागत बढ्न गई २८ करोड रुपैँया पुगेको जानकारी दिए। बाँकी रकम अर्थ मन्त्रालयसँग पुनः माग गरिने जानकारी उनले दिए।

यसपटक सुनसरी जिल्लामा सबैभन्दा धेरै खेल हुनेछन्। सुनसरीमा ११ खेल हुनेछन्। यस्तै मोरङमा १०, झापामा पाँच, सिरहा, धनकुटा, ललितपुर र कास्कीमा समान एक–एक खेल हुनेछ। प्रतियोगितामा समावेश खेलमध्ये सुनसरीमा फुटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, भलिबल, बास्केटबल, फुलकन्ट्याक्ट कराँते, महिला क्रिकेट, सेपाकताक्रो, साइक्लिङ सञ्चालन हुनेछन्। त्यसैगरी मोरङमा टेबलटेनिस, कपर्दी, उसु, ह्यान्डबल, हकी, सुटिङ, सफ्टटेनिस, पुरुष क्रिकेट, आर्चरी र खो–खो सञ्चालन हुनेछन्। झापामा जिम्न्यास्टिक, आइटिएफ तेक्वान्दो, जुडो, ब्याडमिन्टन र महिला तथा पुरुष बक्सिङ, ललितपुरमा स्क्वास र काठमाडौंमा फेन्सिङ खेल सञ्चालन हुनेछन्। थप गरिएका चार खेलमध्ये ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा परेको हो राष्टिय खेलकुद परिषदले जनाएको छ।

प्रतियोगितामा महिला र पुरुष फुटबल १÷१, एथलेटिक्स ३६, पुरुष बक्सिङ १०, महिला ९, तेक्वान्दो १६, कराँते १७, महिला र पुरुष भारोत्तोलन १९, महिला र पुरुष भलिबल १÷१, टेबलटेनिस ७, महिला–पुरुष कपर्दी १÷१, कुस्ती ८, ब्याडमिन्टन ७, उसु २३, जुडो २१, महिला र पुरुष बास्केटबल १÷१, चेस २, महिला र पुरुष ह्यान्डबल १÷१ स्वर्णपदकका लागि खेलाडिहरुले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै आइटिएफ २७, फुलकन्ट्याक कराँते १०, हकी १, पुरुष स्क्वास ३, महिला स्क्वास २, सुटिङ ८, जिम्न्यास्टिक १२, महिला र पुरुष लनटेनिस ६, सफ्टटेनिस ७, महिला र पुरुष क्रिकेट १÷१, साइक्लिङ २, आर्चरी ११, सेपाकटाक्रो ८, महिला र पुरुष खो–खो २ र फेन्सिङ खेलको ८ गरी २ सय ९४ स्वर्ण पदकको लागि प्रतियोगिता हुनेछ।

प्रतियोगितामा तीन विभागीय क्लब नेपाल आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफसहित पाँच विकास क्षेत्रले सहभागिता जनाउने छन्।

सातौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले एक दिनको १ हजार ४ सय रुपैयाँ भत्ता दिने भएको छ। खेलाडीले खाना र बस्ने व्यवस्था उक्त रकमबाट नै व्यवस्थापन गर्नुपर्ने छ। छैठौं राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई दिनको ८ सय रुपैयाँ भत्ता दिइएको थियो।

तयारी पूरा नभएको भन्दै गत मंसिर ८ देखि १५ सम्म हुने भनिएको प्रतियोगिता स्थगित भएर पुस ८ देखि १५ को समय तोकिएको हो। यसैगरी बजेटको समस्या र मधेस आन्दोलनले गर्दा दुईपटक मिति घोषणा भएर पनि प्रतियोगिता स्थगित भएको थियो।
केही खेल सुरु भइसके पनि योजनाअनुरुप प्रतियोगिता सञ्चालन गर्नका लागि राष्ट्रिय खेलकुद परिषदसँग पर्याप्त बजेट नहुँदा प्रतियोगिता खल्लो हुनसक्ने खेल क्षेत्रका जानकारहरु बताउँछन्।

 

प्रकाशित ८ पुस २०७३, शुक्रबार | 2016-12-23 09:12:00

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...