एभरेष्ट म्याराथनः दुई सय बढी धावक सहभागी हुने

उद्घाटनमा बेलायती र समापनमा भारतीय राजदुत उपस्थित हुने




यही जेठ १५ गते आयोजना हुने तेन्जिंग हिलारी एभरेष्ट म्याराथनको १७ औं संस्करणमा विदेशी १५५ सहित २०० भन्दा बढी धावकहरुको सहभागिता रहने भएको छ।

म्याराथन प्रत्येक वर्ष सगरमाथा प्रथम पटक आरोहण भएको दिन प्रथम आरोही महामानव सर एडमण्ड हिलारी र तेन्जिंग नोर्गे शेर्पाको सम्मान र सम्झानामा मे २९ तारिखका दिन आयोजना गरिन्छ।

म्याराथन सगरमाथा आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा समापन हुनेछ।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै म्याराथनका परिकल्पनाकार बिक्रम पाँडेकाजीले धावकहरुले तिन स्पर्धामा (फुल म्याराथन (४२.१९५ किमि), एभरेष्ट एक्स्मट्रिम अल्ट्रा (६० किमि) र हाफ म्याराथन (२१ किमी) प्रतिस्पर्धा गर्ने बताए।

एभरेष्ट म्याराथनलाइ विश्वकै एक आकर्षक साहसिक खेलकुद गतिबिधिको रुपमा विकास गर्न पाउँदा आफु अत्यन्त गौरवान्वित भएको बताउँदै पाँडेकाजीले सबै धावकहरुलाई रुटमा हिमनदी, प्राचिन शेर्पा गाउँ, सम्पदा तथा गुम्बाहरु र सगरमाथा राष्ट्रिय निकुन्जको भौगोलिक विविधताको भरपुर आनन्द उठाउन आग्रह गरे।

१५५ विदेशी धावक मध्ये ५९ जना महिला धावक छन्। ति मध्ये १२५ जना फुल म्याराथनमा पर्तिस्पर्धा गर्दैछन् भने, १७ जना एभरेष्ट एक्स्मट्रिम अल्ट्रा र १२ जना हाफ म्याराथनमा सहभागी हुँदैछन्। विश्वका ३० देशका धावकहरु यस म्याराथनमा सहभागी हुँदैछन्। यस वर्ष २२ वर्षे बेलायति क्रिस्टोफ ज्याक्सन सबैभन्दा कान्छा धावक हुनेछन् भने क्यानाडाका ६७ वर्षीय लिओनार्ड स्टानमोर सबैभन्दा ज्येष्ठ धावक हुनेछन्।

म्याराथन आयोजक हिमालय एक्सपिडिसन्सका अभिषेक पाँडेले धावकहरु आजै सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्ने बताए। ‘म्याराथान उच्च हिमाली क्षेत्रमा आयोजना हुने भएको हुँदा धावकहरुलाई १० दिनको पदयात्रा गराएर सगरमाथा आधार शिबिर पुर्याइनेछ। साथै चिकित्सकहरुको समूह पनि धावकहरुसँगै हुनेछ।’

फुल म्याराथनमा सहभागी हुन लागेका नेपालका लागि बेलायति राजदुत रिचार्ड मोरिस म्याराथनको १७ औं संस्करणका प्रमुख आकर्षण हुन्।

फुल म्याराथनतर्फ खुल्ला स्पर्धाका प्रथम तीन बिजेताहरुले क्रमश नगद रु दुई लाख, एक लाख र ७५ हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिला स्पर्धाका उत्कृष्ट तीन धावकले क्रमश रु एक लाख रु ७५ हजार र रु ५० हजार प्राप्त गर्नेछन्। त्यसैगरी विदेशी धावकहरुको पुरस्कार राशि क्रमश रु ५० हजार, रु ३५ हजार र रु २५ हजार रहेको छ।

एभरेष्ट एक्स्मट्रिम अल्ट्राका प्रथम तीन धावकले क्रमश नगद रु एक लाख, रु ७५ हजार र रु ५० हजार प्राप्त गर्नेछन् भने, हाफ म्याराथनमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकहरुले पुरस्कार राशि क्रमश रु ५० हजार, रु ३५ हजार र रु २५ हजार राखिएको छ।

नेपालका लागि भारातीय राजदुत मन्जिवसिंह पुरी म्याराथन समापन कार्यक्रमका प्रमुख अतिथि रहनेछन्।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 17:56:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।