ग्रीजम्यानले गरे एथ्लेटिको छाड्ने घोषणा, बार्सिलोना र चेल्सीमध्ये एकमा जाने संभावना




ग्रीजम्यान
ग्रीजम्यान

स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्टार स्ट्राइकर एन्टोनी ग्रीजम्यानले क्लब छाड्ने घोषणा गरेका छन्।

२८ वर्षीय ग्रीजम्यानले ट्वीटरमा भिडियो पोस्ट गर्दै आफूले यसै समर ट्रान्सफरमा क्लब छाड्ने बताएका हुन्।

‘पाँच वर्षको अवधि निकै रमाइलो रह्यो। धन्यवाद सबैलाई।’ उनले भिडियोमा भनेका छन्,‘ मेरा समर्थकहरु जसले मलाई धेरै माया दिनु भएको छ, म यो भन्न चाहान्छु कि मैले क्लब छाड्ने निर्णय लिएको छु, केही अन्य कुरा हेर्न र थप चुनौतीको सामना गर्न।’

यसको मतलब उनी अब नयाँ सिजनको सुरुवातसँगै नयाँ क्लबमा देखिने भएका छन्।

गतवर्ष फ्रान्सका लागि विश्वकप जिताएका स्टार ग्रीजम्यानले गत जुन महिनामामात्र एथ्लेटिकोबाट ५ वर्षका लागि नयाँ सम्झौता गरेका थिए।

यद्यपी उनको घोषणासँगै आगामी शनिबार ला लिगामा लिभान्टेविरुद्ध हुने खेल ग्रीजम्यानको अन्तिम खेल हुनेछ।

बार्सिलोना ग्रीजम्यानलाई १ सय २० मिलियन युरोमा किन्न तयार भएको बीबीसी स्पोर्ट्सले जनाएको छ।

सन् २०१४ मा अर्का स्पेनिक क्लब रियल सोसियाड्याडबाट ग्रीजम्यान एथ्लेटिको मड्रिडमा अनुबन्ध भएका थिए।

उनले पाँच वर्षको अवधिमा एथ्लेटिकोबाट २५६ खेलमा १३३ गोल गरिसकेका छन्।

एथ्लेटिकोबाट ग्रीजम्यानले एक युरोपा कप, एक स्पेनिस सुपर कप र एक युइएफए सुपर कपको उपाधि हात पारेका छन्।

बार्सिलोना ग्रीजम्यानलाई अनुबन्ध गर्न राजी भएपनि गतवर्ष ग्रीजम्यानले बार्साको अफरलाई अस्वीकार गरेका थिए। बार्सा यसपटक पनि ग्रीजम्यानलाई अनुबन्ध गर्न तयार छ।

विश्लेषकहरुका अनुसार कोटिन्होले बार्सामा राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। बार्साले कोटिन्होलाई हटाएर ग्रीजम्यानलाई अनुबन्ध गर्नसक्छ।

ग्रीजम्यान बार्सा आए स्वारेजलेसमेत बार्सामा आफ्नो अस्तित्वको लागि संघर्ष गर्नुपर्ने हुन्छ। यद्यपी स्वारेजले गत सिनज कोटिन्होभन्दा राम्रो प्रदर्शन गरेको विश्लेषण छ।

चेल्सीसमेत ग्रीजम्यानको विकल्प हुनसक्ने फुटबल पण्डितहरु बताउँछन्। चेल्सीबाट स्टार ह्याजार्ड रियल मड्रिड जाने लगभग पक्का भइसकेको छ। ग्रीजम्यानले ह्याजार्डको स्थान पूर्ति गर्ने बताइएको छ। बीबीसी स्पोर्ट्स

 

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 11:34:18
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।