एएफसी कपको एक खेलका सबै निर्णायकहरु महिला राखिने




एएफसी
एएफसी

एसियाली फुटबल महासङ्घले मलेसियामा हुन लागेको पुरुषहरुको महादेशीय फुटबल प्रतियोगिताको एक खेलमा सबै निर्णायकहरु महिला राख्ने घोषणा गरेको छ।

जापानी मुख्य निर्णायक (रेफ्री) योशिमी यामाशिता र सहायक माकोटो बोजोनो तथा नाओमी तेशिरोगीलाई म्यान्मारको याङ्गुन युनाइटेड र कम्बोडियाको नागा वल्र्डबीचको खेल खेलाउने जिम्मेवारी दिइएको छ।

थुवुन्ना रङ्गशालामा मङ्गलबार हुने यस प्रतिस्पर्धामा तीनै जना महिला निर्णायकले खेल सञ्चालन गर्नेछन्।

एएफसीले एसियाली फुटबल महासङ्घको इतिहासमा क्लबस्तरीय खेलका लागि तीनै जना निर्णायक पहिलोपटक महिला रहेको जनाएको छ।

एएफसी कपका खेलहरुमा यसअघि महिलाहरुलाई सहायक निर्णायकको भूमिकामात्र दिइएको थियो।

सन् २०१४ मा पहिलोपटक अस्ट्रेलियाका सराह हो र एलिस्सोन फ्लाइनलाई यस्तो जिम्मेवारी दिइएको थियो।

सन् २०१६ मा निर्णायकको दर्जा पाएकी अनुभवी यामाशिताले एएफसीको निर्णयप्रति प्रतिक्रिया जनाउँदै भनिन्, “मेरो सपना साकार हुन लागेकामा मलाई गर्व लागेको छ।” रासस

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 18:13:24
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।