आर्सनलका स्टार ओजिलले नेपालबारे ट्वीट गर्दै खुशी व्यक्त गरे




ओजिल
ओजिल

जर्मनीका विश्वकप विजेता तथा आर्सनलका स्टार फुटबलर मेसुट ओजिलले नेपालबारे ट्वीट गर्दै खुशी व्यक्त गरेका छन्।

ओजिलले केही समय अगाडि नेपालमा रहेको आर्सनल फुटबल क्लब समर्थक समूह ‘आर्सनल फ्यान क्लब’लाई आफूले हस्ताक्षर गरेको आफ्नो १० नंबरको जर्सी नेपाल पठाएका थिए।

सोही जर्सी नेपालका एक व्यक्तिले सगरमाथा बेस क्याम्पसम्म पुर्याए। ओजिललाई नेपालमा आउन आग्रह गरे।

आर्सनलका समर्थक निरोज खतिवडा ओजिलको जर्सी लिएर विश्वकै सर्वोच्च शिखर सगरमाथा पुगेका थिए।

यस्तो माया र साथ देखेपछि ओजिल पनि मख्ख परेका छन्। ओजिलले सगरमाथामा आफ्नो जर्सी सहितको निरोजको फोटो र जर्सीसँग खिचिएको सामूहिक तस्बीर गरी दुईवटा फोटो आफ्नो ट्वीटरमा सार्वजनिक गरेका छन्।

उनले ट्वीटमा लेखेका छन्,‘हेर्नुस त मैले हस्ताक्षर गरेर नेपालको आर्सनल फ्यान क्लबलाई पठाएको जर्सी के भएछ। एक जनाले ५ हजार ३६४ मिटर माथिसम्म त्यस जर्सीलाई सगरमाथा बेस क्याम्पमा पुर्याएछन्।’

उनको ट्वीटमा नेपाली झन्डाको इमो पनि छ।

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 13:36:51
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।