‘सचिनले पनि नेपाल क्रिकेट पछ्याउँछन्’




सन्दीप र सचिन
सन्दीप र सचिन

नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग(आइपीएल)का दौरान भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुल्करलाई भेटेका थिए।

सचिनलाई भेटेको तस्बिर सन्दीपले उनको जन्मदिनमा आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै जन्मदिनको शुभकामना दिएका थिए।

सचिनलाई भेट्ने क्रममा उनले पनि नेपाली क्रिकेट पछ्याउने थाहा पाउँदा आफू निकै खुशी भएको सन्दीपले बताए।

सन्दीप लामिछाने

आइतबार आइपीएलको जारी सिजन खेल्दै स्वदेश फर्किएका सन्दीपले भने, ‘उहाँसँग भेट्दा नेपाली क्रिकेटको बारेमा सोधिराख्नु हुन्छ। उहाँहरु जस्ता ठूला मान्छेहरुले पनि नेपाली क्रिकेट पछ्याइ राख्नुहुन्छ भन्ने थाहा पाउँदा निकै खुशी लाग्छ।’

सचिनले आफूसँगको भेटका क्रममा राम्रो प्रदर्शनको लागि शुभकामना दिएको सन्दीपले बताए। ‘नेपाली क्रिकेटले राम्रो गरिरहेको छ र हामी पहिलोको भन्दा माथि पुगिरहेका छौ,’ सन्दीपले भने, ‘यो कुरा संसारको सबै क्रिकेट खेलाडीलाई थाहा हुन्छ नै। हामी जसरी अरु देशको क्रिकेटलाई पछ्याइरहेका हुन्छौं अरु देशले पनि हामीलाई पछ्याइरहेका हुन्छन्।’

सन्दीपले यस सिजनको आइपीएलमा ६ खेल खेल्दै ८ विकेट लिएका थिए। गएको सिजनमा जम्मा ३ खेलमात्रै खेल्न पाएका सन्दीपले यो सिजन अझै राम्रो भएको बताए।

‘गएको वर्षभन्दा यो वर्ष बढि नै खेल्न पाएँ,’ सन्दीपले भने, ‘योपटक हाम्रो टिममा ब्याट्सम्यानको खाँचो हुँदा म केही खेलहरुमा बेन्चमै बस्नुर्पयो। म आफ्नो र टिमको प्रदर्शनबाट सन्तुष्ट छु। गएको वर्ष अन्तिममा रहेको टिम अहिले तेस्रो हुनु निकै राम्रो हो। यहाँसम्म आइपुग्न मेरो पनि केही योगदान रह्यो होला।’

जेठ १ गतेबाट त्रिवि क्रिकेट मैदानमा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदैछ। देशका ७ प्रदेश र ३ विभागीय टोलीबाट सम्पूर्ण राष्ट्रिय खेलाडी सहभागी हुने भएपनि सन्दीपले भने सहभागिता नजाउने भएका छन्।

‘धेरैपछि परिवारको लागि समय पाएको छु। अब म परिवारसँग नै समय बिताउने छु,’ उनले भने, ‘अब म विश्राममै हुन्छु। किनभने मेरो हल्का ढाडको समस्या पनि छ। अहिले फेरी तत्काल खेलेँ भने पछि झनै समस्या आउन सक्छ। त्यसैले अब म विश्राममै हुन्छु।’

यो पनि: सकियो सन्दीपको आइपीएल यात्रा, कस्तो रह्यो यो सिजन?

प्रकाशित २९ बैशाख २०७६, आइतबार | 2019-05-12 21:06:50
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...