भारतमा सावित्राको सनसनी जारी, फेरि ह्याट्रिक




सावित्रा भण्डारी
सावित्रा भण्डारी

सेथु फुटबल क्लबबाट भारतीय महिला फुटबल लिग खेलिरहेकी नेपालकी सावित्रा भण्डारीले आफ्नो सनसनी जारी राख्दै पुन: ह्याट्रिक गोल गरेकी छिन्।

आइतबार कोल्हापुर सिटीविरुद्धको खेलमा ह्याट्रिक गोलसँगै सावित्राले जारी लिगमा ४ खेल खेल्दै २ ह्याट्रिक गरिसकिन्। कोल्हापुरविरुद्ध सावित्राले ५६, ६६ र ७६औं मिनेटमा गोल गरेकी थिइन्।  योसँगै सावित्राको भारतीय लिगमा चार खेलबाट ९ गोल पुगेको छ।

यसअघि उनले सेथुबाट डेब्यू खेलमा पनि ह्याट्रिक गरेकी थिइन्। उनले पहिलो खेलमा मोनिपुर पुलिस स्पोर्टिङ क्लबसँग ह्याट्रिकसहित ४ गोल गरेकी थिइन्।

त्यसपछि भएको बैंग्लोर यूनाइटेड एफसी र स्पोट्र्स एकडेमी अफ इन्डिया (एसएआई)विरुद्ध १-१ गोल गरेकी थिइन्।

यस्तै सेथुबाट नै खेलिरहेकी अर्की नेपाली खेलाडी अनिता बस्नेतले भने दुई खेलमा मौका पाउँदा बैंग्लोरविरुद्धको खेलमा एक गोल गरेकी थिइन्।

गत फागुनमा नेपालमै भएको दक्षिण एसियाली महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गरेसँगै सेथुले नेपाली खेलाडीद्वय सावित्रा र अनितालाई अनुबन्ध गरेको हो।

कुनैपनि नेपाली महिला फुटबल खेलाडीलाई विदेशी व्यवसायिक क्लबले अनुबन्ध गरेको यो पहिलो पटक हो। उनीहरुलाई क्लबले यस सिजनका लागि अनुबन्ध गरेको हो।

जारी तेस्रो संस्करणको इण्डियन वुमन्स लिगमा १४ वटा टोलीहरु रहेकाे छन्। सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूहका टोलीहरुले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुई टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

प्रकाशित २९ बैशाख २०७६, आइतबार | 2019-05-12 18:36:22
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।