सकियो सन्दीपको आइपीएल यात्रा, कस्तो रह्यो यो सिजन?




सन्दीप लामिछाने
सन्दीप लामिछाने

याे पनि


पहिलो क्वालिफायरमा शुक्रबार राति चेन्नाई सुपर किंग्ससँग ६ विकेटले पराजित भएसँगै दिल्ली क्यापिटल्सले पहिलो पल्ट इण्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल खेल्ने मौका गुमायो।

विशाखापटनममा भएको दोस्रो क्वालिफायरमा दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। जवाफमा चेन्नाईले ६ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य भेटायो। त्योसँगै यस सिजनमा दिल्ली र उसका सहयात्री नेपाली स्टार सन्दीप लामिछानेको आइपीएल यात्रा सकिएको छ।

सन्दीपले यस सिजनको आइपीएल सन्दीपका लागि औषत रह्यो। दिल्लीका १६ मध्ये ६ खेलमा मौका पाएका सन्दीपले ८ विकेट लिए। २३ ओभर बलिङ गरेका उनले २ सय १० रन खर्चे। उनको इकोनोमी ९.१३ को रह्यो।

दिल्लीका बलरहरुमध्ये सर्वाधिक विकेट टेकरका रुपमा सन्दीप सातौं नम्बरमा रहे। दिल्लीका सर्वाधिक विकेट टिकेर कासिगो राबाडाले २५ विकेट लिए। त्यसपछि क्रिस मौरिस(२३), इशान्त शर्मा(१३), अमित मिश्रा(१३), अक्सर पटेल(१३), किमो पाउल(९) पछि सन्दीप रहे।

यस सिजनमा पनि सन्दीपलाई उनको न्यूनतम मुल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको दिल्लीले सुरुवाती दुई खेलमा भने सन्दीपलाई बेन्चमै राख्यो। कोलकाता नाइट राइडर्शविरुद्धको तेस्रो खेलमा मौका पाएका सन्दीपले पहिलो खेलमै विकेट लिए। ४ ओभरमा सन्दीपले २९ रन खर्चदै कोलकाताका ओपनर निखिल नायकलाई पवेलियन फर्काएका थिए।

यो खेल सन्दीप अनि दिल्लीका लागि अविस्मरणीय रह्यो। किनभने कोलकाताले बनाएको समान १ सय ८५ रननै दिल्लीले बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा दिल्लीले बाजी मार्यो। सन्दीपको फेन्चाइजी करिअरमा सुपर ओभरमा गएको यो एकमात्रै खेल हो।

दिल्लीले किंग्स एलेभेन पन्जाबविरुद्धको आफ्नो चौथो खेलमा पनि सन्दीपलाई सुरुवाती एघारमै मौका दियो। यसपटक सन्दीपको प्रदर्शन अझै सुधारियो। उनले पन्जाबका ओपनर साम कुराँन र सर्फराज खानको विकेट लिए। सन्दीपले समग्रमा चार ओभरमा २७ रन खर्चदै २ विकेट लिए।

सनराइजर्स हैदरावादविरुद्ध दिल्लीले सिजनको पाँचौं खेल खेल्दै थियो। सन्दीप त्यस टिममा पनि अटाए। उनले दीपक होडाको विकेट समेत लगे। तर, ४ ओभरमा ३२ रन खर्चदै सन्दीप केही महँगा भए। यो त्यही खेल थियो, जहाँबाट सन्दीप यस सिजनको आइपीएलमा महँगा हुँदै गए।

रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको छैटौं खेलमा पनि सन्दीपले टिममा स्थान बनाए। यस खेलमा पार्थिव पटेलको मात्रै विकेट पाएका सन्दीप महँगा भए। उनले ४ ओभरमा ४६ रन खर्चेपछि उनको नियमित टिममा पर्ने बाटो पनि बन्द भयो।

दिल्लीको तेस्रो, चौथो, पाँचौं र छैटौं खेलमा लगातार स्थान बनाएका सन्दीपले त्यसपछि भने दिल्लीले दश खेल खेल्दा दुई खेलमा मात्रै स्थान बनाउन सके। त्यसमध्ये पन्जाबविरुद्धको खेल यस सिजनमा सन्दीपका लागि सम्झन लायक रह्यो।

दिल्लीबाट छैटौं खेलपछि चार खेल बिराएर किंग्स एलेभेन पन्जाविरुद्ध टोलीमा स्थान बनाएका सन्दीपको यो खेल भने स्मरणीय रह्यो। सन्दीपले पन्जाबका ओपनर क्रिस गेलसँगै अर्का ओपनर केएल राहुलको विकेटमात्रै लिएनन्, साम कुराँनलाई यस सिजनमा दोस्रो पटक पवेलियन फर्काए। यद्यपी सन्दीप महँगा भएका थिए। ४ ओभरमा उनले ६ चौका र दुई छक्का ब्यहार्दै ४० रन खर्चे।

यो खेलपछि सन्दीपले पुनः एक खेल बिराएर बंग्लोरविरुद्ध दिल्लीमा मैदानमा उत्रन मौका पाए। जसमा ३ ओभरमात्रै बलिङ गर्दा ३६ रन खर्चिएपछि सन्दीपले अन्तिम ओभर त पूरा गर्न पाएनन् नै साथै यो खेल सन्दीपको सिजनको अन्तिम खेल पनि बन्यो।

त्यसपछि दिल्लीले थप ४ खेल खेल्दै दोस्रो क्वालिफायरसम्म स्थान बनाएपनि सन्दीप भने बेन्चमै बस्न बाध्य बने।

अघिल्लो सिजनमा सन्दीपले दिल्लीबाट पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिग खेलेका थिए। त्यस सिजनमा पुछारका तीन खेल खेल्दा सन्दीपले ५ विकेट लिएका थिए।

प्रकाशित २८ बैशाख २०७६, शनिबार | 2019-05-11 06:55:19
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।