ऐतिहासिक उपलब्धिबाट चुक्यो दिल्ली, चेन्नाई आठौंपल्ट फाइनलमा




पहिलो पल्ट इण्डियन प्रिमियर लिगको फाइनल खेल्ने ऐतिहासिक उपलब्धि बनाउँन दिल्ली चुकेको छ।

शुक्रबार राति विशाखापटनममा भएको दोस्रो क्वालिफायर्शमा चेन्नाई सुपरकिंग्ससँग ६ विकेटले पराजित भएसँगै दिल्ली इतिहास रच्नबाट चुकेको हो।

जारी १२ औं संस्करणको आइपीएलको फाइनलमा स्थान बनाएसँगै साविकको विजेता चेन्नाईले आठौं पटक आइपीएल फाइनलमा स्थान बनाएको छ। दश संस्करणको आइपीएल खेलेको चेन्नाईले तीनपटक उपाधि जितेको छ।

अब आइतबार चेन्नाईले फाइनलमा चिरप्रतिद्धिन्द्धी मुम्बई इण्डियन्ससँग फाइनल खेल्नेछ। आइपीएलमा चौथो चोटी मुम्बई र चेन्नाई फाइनल भिड्न लागेका हुन्। यसअघि तीनपटकको उपाधि भिडन्तमा चेन्नाईमाथि मुम्बई भारी परेको छ। मुम्बईले दुई पटक चेन्नाईलाई पराजित गर्दै उपाधि उचाल्दा चेन्नाईले भने फाइनलमा एकपटकमात्रै मुम्बईलाई हराउन सकेको छ।

यसपटक पनि पहिलो क्वालिफायरमा चेन्नाईलाई पराजित गर्दै मुम्बई फाइनलमा पुगेको थियो। यता, चेन्नाईका कप्तान महेन्द्रसिंह धोनी नवौं चोटी आइपीएलको फाइनल खेल्दैछन्।

दोस्रो क्वालिफायर्शमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली स्टार सन्दीप लामिछानेको टोली दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। जवाफमा चेन्नाईले ६ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य भेटायो।

उसका फाफ डुप्लिसिस र शेन वाटसनले अर्धशतक प्रहार गर्दै पहिलो विकेटका लागि ८१ रनको शुरुवाती साझेदारी गरे। डुप्लिसिसले ३९ बलमा ५० तथा वाटसनले ३२ बलमा ५० रन पूरा गरे।

चेन्नाईको जितमा उसका बलरहरुको भुमिका मुख्य रह्यो। डुविन बाव्रोले चार ओभरमा १९ रनमात्रै दिएर दुई तथा रविन्द्र जडेजाले त्यति नै ओभरमा २३ रन दिएर २ विकेट लिए। यता, दीपक चाहरले पनि २८ रन दिएर २ तथा हरभजन सिंहले पनि ३१ रन दिएर २ विकेट लिए।

दिल्लीका तर्फबाट ऋशब पन्तले २५ बलमा सर्वाधिक ३८ रन बनाए। उनले दुई चौका र एक छक्का प्रहार गरे। त्यसबाहेक कोलिन मुनरोले २४ बलमा २७ रन बनाए। दिल्लीका पुछारका ब्याट्सम्यानहरुले अन्तिम ८ बलमा २२ रन जाड्दै दिल्लीलाई सो स्कोरमा पुर्याएका हुन्।

यस खेलमा दिल्लीले नेपाली स्टार सन्दीप लामिछानेलाई भने बेन्चमै राखेको थियो। योसँगै सन्दीपको पनि आइपीएल यात्रा सम्पन्न भएको छ। सन्दीपले यस सिजनको आइपीएलको ६ खेल खेल्दै ९ विकेट लिए। 

प्रकाशित २८ बैशाख २०७६, शनिबार | 2019-05-11 05:34:09
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।