सागमा नेपालले २७ वटै खेलमा भाग लिने




आगामी मंसिरमा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले २७ वटै खेलमा सहभागिता जनाउँने भएको छ।

युवा तथा खेलुकद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा संयोजक रहेको तयारी तथा व्यवस्थापन मुल समारोह समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। मन्त्री विश्वकर्माले खेलका इभेन्ट र सहभागी खेलाडीहरुको संख्या भने केही दिनमा टुंगो लाग्ने बताए।

१३औं यसअघिकै संस्करणमा समावेश २५ खेल र आयोजकका नाताले नेपालले २ खेल गरी २७ खेलका प्रतिस्पर्धा हुदैँछ। सागमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराँते, गल्फ, क्रिकेट, प्याराग्लाइडिङ, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल खेल खेलाइदैँछन्। 

यस्तै तयारी तथा व्यवस्थापन समितीको बैठले लोगो र मस्कटको टुंगो लगाएको मन्त्री विश्वकर्माले जनाए। केही दिनमा औपचारिक कार्यक्रम आयोजना गरेर नै लोगो र मस्कट सार्वजनिक गर्ने तयारी मन्त्रालयको रहेको छ। 

यस्तै, बैठकले सागमा सहभागी हुने राष्ट्रको सहभागिता निश्चितताका लागि औपचारिक निमन्त्रणा पत्र पनि पठाउने, १३औं सागमा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राख्ने लगायतका निर्णय गरेको छ।

धेरै भन्दा धेरै पदकको अपेक्षा
नेपालले भारतमा भएको १२औं सागको सपापनमा तेस्रो पटक नेपालमा साग आयोजना गर्ने भन्दै १३औं सागको झण्डा उठाएको थियो। आगामी डिसेम्बर १ देखि १० तारिखसम्म साग नेपालमा हुँदैछ।

आफूहरु सम्पूर्ण रुपमा सागको तयारीमा जुटिसकेको मन्त्री विश्वकर्माले जनाए। ‘नेपाल र नेपालीको प्रतिष्ठामा रहेको १३औं सागको तयारीमा सम्पूर्ण रुपमा लागेका छौं,’ उनले भने, ‘सरकारको नीति तथा कार्यक्रमबाट पनि सन् २०१९ भित्र नेपालमा साग गर्ने कुरा पास भैसकेको छ। यसले सरकारको प्रतिबद्धता र संकल्प स्पष्ट पार्छ।’

सागको सुरुवात सन् १९८४ मा नेपालबाटै भएको थियो। त्यसपछि सन् १९९९ मा आठौं साग नेपालमा आयोजना भएको थियो। उक्त प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको थियो।

विगतमा कायम राखेर धेरैभन्दा धेरै पदकको अपेक्षासहित आफूहरु अघि बढिरहेको मन्त्री विश्वकर्माले वताए। त्यसका लागि आगामी जेठबाट टोलीको छनोट र बन्द प्रशिक्षण आरम्भ हुने उनले बताए।

खेलाडीहरुलाई वैदेशिक प्रशिक्षण भन्दा पनि देशभित्रै विज्ञ प्रशिक्षकद्धारा प्रशिक्षण दिने कुरामा जोड दिएको उनले बताए। देशमा नभएका र अति आवश्यक प्रशिक्षणहरु विदेशमा पनि हुनसक्ने उनको भनाई थियो।

असार मसान्तसम्म पूर्वाधार
मन्त्री विश्वकर्माले आगामी असार मसान्तसम्म सम्पूर्ण पूर्वाधारका काम सकिने दाबी गरे। उनले दशरथ रंगशालाको पूर्ननिर्माण अन्तिम चरण रहेको, सातदोबाटोको पौडी पोखरी निर्माण सम्पन्न भइसकेको जनाउँदै नयाँ संरचनाका रुपमा सातदोबाटोमा तेक्वान्दो, कराँतेको हल पनि निर्माण सकिएको बताए।

यस्तै १३औं सागको अर्को भेन्यूको रुपमा रहेको पोखराको रंगशाला निर्माण गर्ने काम तीव्र गतिमा भइरहेको र असार मसान्तसम्म त्यसको निर्माण सम्पन्न गर्ने योजनासहित अघि बढेको उनले बताए।
साथै उनले १३ औं दक्षिण एसियाली खेलकुद आयोजना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धि कार्यविधिको मस्यौंदा आगामी हप्ता मन्त्रिपरिषद्मा पेश गरेर उक्त कार्यविधि अनुसार सम्पूर्ण तयारीहरु योजनाबद्ध ढंगबाट अगाडि बढ्ने तयारी रहेको बताए।

‘खेलका पूर्वाधारहरु अझैपनि नेपालमा पर्याप्त बनिसकेका छैनन्,’ उनले भने, ‘अहिले पनि अन्तर्राष्ट्रिय मापदण्डका रंगशालाहरु हाम्रो देशमा बनिसकेका छैनन्। यो अभावलाई महशुस गरेर वर्तमान सरकारले काठमाडौं उपत्यकाभित्र अन्तर्राष्ट्रिय मापदण्डको राष्ट्रिय खेलकुद परिषद् निर्माण गर्ने गरि जग्गा प्राप्ति गर्ने प्रक्रिया अघि बढाएको छ। चालु आर्थिक वर्षको बजेटमा नै समावेश गरेर सातवटै प्रदेशमा आधुनिक पूर्वाधारयुक्त रंगशाला र देशका ७५३ वटै स्थानीय तहमा एउटा एउटा खेलग्राम निर्माणको काम अघि बढाएको छ।’

प्रकाशित २७ बैशाख २०७६, शुक्रबार | 2019-05-10 13:37:12
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...