भारतीय लिगमा सावित्राको लगातार गोल




बल अघि बढाउँदै सावित्रा
बल अघि बढाउँदै सावित्रा

सेथु फुटबल क्लबबाट भारतीय महिला लिग खेलिरहेकी नेपालकी सावित्रा भण्डारीले लगातार गोल गरेकी छिन्।

नेपाली महिला राष्ट्रिय टोलीकी सदस्य सावित्राले एक गोल गरेको खेलमा शुक्रबार सेथु क्लबले स्पोट्र्स एकडेमी अफ इन्डिया (एसएआई)लाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ। 

यो सेथुको लगातार तेस्रो जित हो। सावित्राले यस खेलमासँगै लिगमा ३ खेल खेल्दै ६ गोल गरिसकेकी छिन्। यसअघि सेथुको पहिलो खेलमा सावित्राले ४ र दोस्रो खेलमा पनि १ गोल गरेकी थिइन्।

एसएआईविरुद्ध शुक्रबार भने सावित्रा पहिलो रोजाइमा थिइन्। नेपालकी अर्की खेलाडी अनिता बस्नेतले भने यस खेलमा पहिलो रोजाईमा स्था बनाएकी थिइन्।

सेथुको फराकिलो जितमा रतनबालाले ४, सन्ध्या रंगनाथनले २ तथा इन्दुमती ग्रेस र सावित्राले समान १-१ गोल गरेका थिए। सेथुले अब आइतबार कोल्हापुर सिटीको सामना गर्नेछ। 

गत फागुनमा नेपालमै भएको दक्षिण एसियाली महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गरेसँगै सेथुले नेपाली खेलाडीद्वय सावित्रा र अनिता बस्नेतलाई अनुबन्ध गरेको थियो।

 कुनैपनि नेपाली महिला फुटबल खेलाडीलाई विदेशी व्यवसायिक क्लबले अनुबन्ध गरेको यो पहिलो पटक हो। उनीहरुलाई क्लबले यस सिजनका लागि अनुबन्ध गरेको हो।

जारी तेस्रो संस्करणको इण्डियन वुमन्स लिगमा १४ वटा टोलीहरु रहेकाे छन्। सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूहका टोलीहरुले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुई टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

प्रकाशित २७ बैशाख २०७६, शुक्रबार | 2019-05-10 11:01:07
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...