केही सेकेन्डमै आयाक्समाथि छाएको अन्धकार




च्याम्पियन्स लिगबाट बाहिरिएपछि आयाक्सका खेलाडीहरु
च्याम्पियन्स लिगबाट बाहिरिएपछि आयाक्सका खेलाडीहरु

एक मिनेट बाँकी थियो, सायद त्यो भन्दा पनि कम। केही सेकेन्डमै च्याम्पियन्स लिगको फाइनलबाट आयाक्स टाढियो। त्यहाँसम्मको उर्जा उनीहरुको खुट्टाबाट क्षय भयो, मष्तिस्क तनावले भरियो। त्यस टिम जसले भविष्यको संकेत गर्दथ्यो र विगतलाई दोहोर्याउने आशा बोकेको थियो, उसको सपना त्यहीं विलिन भयो।

टोटनह्यामको सावधानीपूर्ण खेलअघि आयाक्स बाधक बनिरह्यो। दोस्रो हाफमा टोटनह्यामले ४ मिनेटको समयभित्र २ गोल गर्दासमेत आयाक्स स्थिर नै थियो। किनकी पहिलो हाफमा उसले २ गोल जो गरिसकेको थियो। सुरुवाती लेगमा १ गोल गरेकाले उसले अझै टोटनह्याममाथि ३–२ को अग्रता लिइरहेको थियो।

अन्तिम समयसम्म पनि गम्भीर र सजग भएर आयाक्सले खेल आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको थियो। उसलाई थाहा थियो, अन्तिम गोल बराबरी भएपनि अवे भएका कारण आफ्नो लागि हानिकारक हुनसक्छ।

निर्णायक लेग २–२ को बराबरीमा चलिरहेको समयमा ५ मिनेट वैकल्पिक समय थप गरियो। त्यसबेला आयाक्सभन्दा टोटनह्याम निकै तनावमा थियो। एक गोल नगरे उसले हार्ने अवस्था थियो। गोल खाए सिधै हार्ने थियो।

टोटनह्यामले आयाक्सविरुद्ध बल अगाडि बढाउँदै लग्यो। गोलरक्षक हुगो लोरिस पनि कर्नरको अवसर पाएकाले अगाडि बढिसकेका थिए। गोलरक्षक अगाडि बढ्ने अवस्थाले मर या गरको स्थिति जनाउँछ। अन्तिम अवस्थामा यदि केही गल्ती भएको भए, टोटनह्यामको बाटो बन्द हुन्थ्यो र उसलाई केही हात लाग्दैन थियो।

आयाक्सले फेरि टोटनह्यामको क्षेत्रमा बल नियन्त्रणमा लिन्छ। समय पनि सकिने संघारमा पुग्छ। यतिकै स्थिति रहे, आयाक्सको दश महिनाको मिहिनेत केही सेकेन्डमै पूरा हुनेवाला थियो।

अर्कातर्फ उसको दशकौंको पीडामा मलम लाग्दै थियो। चारपटक च्याम्पियन्स लिग जितेको आयाक्सले अन्तिमपटक १९९५ मा उपाधि चुमेपछि २४ वर्षपछि उसले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने सपना देखेको थियो।

तर आँखा एकपटक झिमिक्क गर्न नपाउँदै आयाक्सको सपना तुहियो। उसको दृष्टि धमिलियो र खेलको समय पनि समाप्त भयो। अर्कातिर अन्तिम सेकेन्डमा लुकास मोउराले आयाक्सविरुद्ध ह्याट्रिक पूरागर्दा उनीमाथि भने टोटनह्यामका खेलाडीको पहिरो लागिसकेको थियो।

टोटनह्यामका प्रशिक्षक, तिनका सहयोगी र वैकल्पिक खेलाडी मैदानमा खुशीले कुद्छन्। रुन्छन्, कराउँछन्। आयाक्सका खेलाडी पिरोलिन्छन्। उनीहरु पनि रुन्छन् तर दुखले। वर्षौको मिहिनेत र अवसर पलभरमै विलिन हुन्छ। जुन दुखद क्षण उनीहरुले सोचेका पनि थिएनन्।

यहाँ दुईवटा कथा छन्। एक टोटनह्यामको जसले गत सिजनमा कुनै नयाँ खेलाडी अनुबन्ध गरेनन्। उसले आफ्नो उत्कृष्ट खेलाडी(ह्यारी केन) घाइते भएका कारण गुमाएको छ। गत फेब्रुअरी देखि उ प्रिमियर लिगको उपाधि दाबेदारीबाट समेत बाहिरिसकेको छ। तर अब उसले आगामी जुन १ मा मड्रिडमा च्याम्पियन्स लिग फाइनल खेल्नेछ।

यस कथा मोउरामा केन्द्रीत छैन्, जसले ह्याट्रिक गरे। न त कथा स्टार केनमै केन्द्रीत छ। जसले खेल दर्शक भएर हेरे। तर यो कथा प्रशिक्षक माउरिसियो पोचेटिनोमा केन्द्रीत छ। सन् २०१४ यता टोटनह्याम सम्हालेका पोचेटिनोले टोलीलाई कहिल्यै मुख्य उपाधि दिलाउन सकेनन्। दुई पटक प्रिमियर लिग उपाधि दिलाउने होडमा उनी पुगेका थिए। तर त्यसबाट समेत उनी वन्चित भए। उनलाई काराबाओ कप पनि नजितेको भनेर निकै आलोचना गर्ने गरिन्छ। तर उनले आफ्नो लक्ष्य च्याम्पियन्स लिगमा छनोट हुने वताउँदै आएका थिए।

उनी त्यस्ता अभागी तर उत्कृष्ट प्रशिक्षक हुन् जसले यसपटक टोलीलाई उपाधि नदिलाए आगामी सिजन क्लबमा देखिने छैनन्। तर उनी आधुनिक समयमा च्याम्पियन्स लिग जिताउने तरखरमा छन्। जुन उपाधि टोटनह्यामल अहिलेसम्म जित्न सकेको छैन्।

उनले बुधबारको खेलपछि भनेका थिए, ‘यदि हामीले खेल जित्यौं भने मैले क्लब छाड्न सक्छु।’ उनका अनुसार आफूले त्यसपछि कुनैपनि विश्व जित्न बाँकी रहँदैन।

तर यहाँ आयाक्सको कथा पनि छ। ती खेलाडीहरुको कथा जो हारपछि मैदानमा रोएका थिए। ती समर्थकहरुको कथा जसले आयाक्सलाई साथ दिएका थिए, पराजयसँगै उनीहरुमा मौनता छाएको थियो। यस प्रतियोगितामा आयाक्स जति दुखी कोही हुँदैन् होला। उनीहरुको संघर्ष सुरुवातदेखि यस प्रतियोगितामा थियो।

आयाक्सले च्याम्पियन्स लिगको समूह चरणमै बलियो टोलीसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। बार्यन र बेनिफिकाजस्ता बलिया टोलीसँग लिग चरणमा प्रतिस्पर्धा गर्दै आयाक्स अन्तिम १६ मा प्रवेश गर्यो।

आयाक्सले अन्तिम १६ मा बलियो टोली रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। जहाँ आयाक्स पहिलो लेगमा २–१ ले पछि परेको थियो। तर दोस्रो लेगमा खेल उल्टाउँदै आयाक्सले मड्रिडविरुद्ध ४–१ को जित निकाल्यो।

अन्तिम ८ को खेलमा आयाक्सले क्रिस्टियानो रोनाल्डोको टोली युभेन्ट्ससँग प्रतिस्पर्धा गर्यो। पहिलो लेगमा दुवैले १–१ गोल गरे। दोस्रो लेगमा आयाक्स २–१ ले विजयी भयो। आयाक्सले क्रिस्टियानो रोनाल्डोको छैठौं च्याम्पियन्स लिग सपना अधुरो बनाएको थियो। यसरी बलियो टोलीलाई परास्त गर्दै आयाक्स सेमिफाइनल राउन्डमा प्रवेश गर्यो।

टोटनह्याविरुद्धको पहिलो लेगमा आयाक्सले अवे खेलमा १–० को अग्रता लियो। दोस्रो लेगमा पहिलो हाफको समाप्तिसम्म समेत आयाक्सले २–० को अग्रता लिएको थियो। तर टोटनह्यामले उत्कृष्ट पूनरागमन गर्दै आयाक्सलाई स्तब्ध तुल्यायो।

युरोपमा मुख्य ५ लिगका उत्कृष्ट क्लबहरुको अगाडि आयाक्स यस स्थितीसम्म आउनु नै चुनौतीको विषय थियो। आइसकेपछि पराजित हुदाँ निकै दुखदायी र कष्टदायी क्षण बन्यो। जुन मैदानमा खेलाडी र समर्थकका भावले प्रष्ट हुन्थ्यो।

यस पराजयले आयाक्सका निकै ठूलो ठेस पुर्याएको छ। उनीहरुको भविष्य जति उज्वल भएपनि यस क्षणलाई उनीहरुले कहिल्यै बिर्सने छैनन कि उनीहरु केही सेकेन्डले टोटनह्यामसँग हारे।

उनीहरु त्यस्तो टोली हुन् जसले रियल मड्रिड र युभेन्ट्सलाई पराजित गरे। टेलिभिजनको पर्दामा देखिने गुणस्तरले खेलको गुणस्तर झल्काउँदैन भन्ने उदाहरण दिए। जसले प्रिमियर लिग, ला लिगा, बुन्डेस लिगा, सिरि ए र लिग वानभन्दा टाढा पनि राम्रो क्लब छ भन्ने पुष्टि गरे। उनीहरु त्यस्ता अप्रत्याशित टोली हुन् जसले केही मिनेटमै कसैले कल्पना गर्न नसकेको कुरा गरिदिए। उनीहरु रोक्न खोज्दा नरोकिने टोली हुन् जसले प्रत्येक आफ्नो सपना पूरा गर्ने लक्ष्य राखेका छन्। (न्यूयोर्क टाइम्सबाट)

प्रकाशित २६ बैशाख २०७६, बिहिबार | 2019-05-09 18:30:53
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...